‘एर्दाेगानलाई मार’ भन्नेमाथि छानबिन शुरु

‘एर्दाेगानलाई मार’ भन्नेमाथि छानबिन शुरु

जेनेभा: स्विजरल्यान्डको प्रशासनले गत शनिबार कुर्दिस समूहद्वारा राजधानी वर्नमा गरेको प्रदर्शनमा टर्कीका राष्ट्रपतिविरुद्ध अपमानजनक नाराबाजी गरेको भनी आएका समाचारमाथि छानबिन गर्न एउटा अनुसन्धान समिति गठन गरेको छ। अंकाराले गत शनिबार कुर्दिस समूहद्वारा गरिएको प्रदर्शनमा केही व्यक्तिले एर्डोगानको फोटोमा बन्दुक ताकी ‘एर्दोगानलाई मार’ भन्ने ब्यानरसहित प्रदर्शन गरिएको भनी आपत्ति जनाएपछि त्यसबारे छानबिन सुरु गर्ने जनाइएको हो ।

अंकाराले उक्त सम्मेलनमा आतंकवादीहरूको जमघट भएको भनी प्रतिक्रिया जनाएको स्विजरल्यान्डको एटिएस समाचार संस्थाले सोमबार उल्लेख गरेको थियोे । टर्कीले राष्ट्रपतिविरोधी प्रदर्शन गर्न आतंकवादी समूहलाई छुट दिएको भन्दै आफ्नो स्विजरल्यान्डस्थित राजदूतलाई आइतबार फिर्ता बोलाएको छ । स्विजरल्यान्डले प्रदर्शनमा अज्ञात व्यक्तिहरूले हिंसालाई प्रोत्साहन गर्न खोजेको भन्ने विषयमा छानबिन गरी प्रतिवेदन सरकारलाई बुझाउने एटिएसले जनाएको छ । टर्कीका राष्ट्रपति एर्दोगानले स्विजरल्यान्डका नागरिकद्वारा उक्त कार्यक्रमको आयोजना गरेको जनाएँदै ‘बीउ छर्नेले यसको फल बेहोर्ने छ’ भनेको प्राप्त समाचारमा जनाइएको छ । पछिल्ला दिनमा टर्की र स्विजरल्यान्डबीचको सम्बन्धमा जटिलता आएको छ ।

इयु प्रवेशबारे जनमत संग्रह

अंकारा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले युरोपेली संघ (इयु)बाट आफ्नो देश बाहिर निस्कने विषयमा जनमत संग्रह गर्न सकिने बताएका छन् । ब्रेग्जिट –बेलायत इयुबाट बाहिर निस्किएको घटना) को उदाहरण दिँदै टर्कीले पनि यस्तै जनमत संग्रह राखेको बताएका छन् । टर्कीमा आगामी अप्रिल १६ तारिखमा संवैधानिक जनमत संग्रह हुँदै छ । त्यसपछि यस विषयमा गहन छलफल गरिने जानकारी दिएका छन् ।

एर्दोगानले भने, ‘जनताले जो निर्णय गर्छन्, हामी त्यो निर्णय मान्नेछौं ।’ एर्दोगान अन्तालया प्रान्तमा टर्की–ब्रिटीश थत्ल दिस फोरममा बोल्दै थिए । गत वर्ष जुनमा बेलायती जनताले इयुबाट बाहिरिने पक्षमा मतदान गरेका थिए । टर्कीले सन् १९८७ मा इयुको सदस्यताका लागि आवेदन गरेको थियो भने सन् २००५ मा इयु प्रवेशका लागि वार्ता सुरु भएको थियो ।

साइप्रसका विषयलाई लिएर उक्त वार्तामा अवरोध आएको थियो । युरोपेली संसद्मा नोभेम्बरमा २०१६ मा टर्कीको सदस्यता प्रक्रिया रोक्ने सम्बन्धी प्रस्ताव पारित भएको थियो । आफ्नो देशमा आतंककारी गतिविधि नरोकेसम्म टर्कीलाई इयुको सदस्य नबनाइने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.