नेपाली बजारमा इएलइफोन
काठमाडौं : नेपालको मोबाइल फोन बजारमा थप नयाँ स्मार्टफोन ब्रान्ड थपिएको छ । नेपालको विभिन्न प्रमुख व्यापारिक तथा निर्माण क्षेत्रमा काम गर्दै आएको गोयनका गु्रपको सहायक कम्पनी गोयनका इन्फोटेकले बजारमा इएलइफोन भित्र्याएको छ । गोयनका इन्फोटेकले विश्व विख्यात मोबाइल कम्पनी इएलइफोनको आधिकारिक वितरकको रूपमा नियुक्त भएको छ । सन् २००६ मा स्थापित चीनको ग्वाङजोङ सहरमा प्रमुख व्यापारिक कार्यालय रहेको इएलइफोन कम्युनिकेसन टेक्नोलोजी चिनियाँ कम्पनी हो ।
इएलइफोनले विश्व बजारका ग्राहकलाई सुलभ दरमा स्मार्टफोन उपलब्ध गराउँदै आएको छ । कम्पनीले नेपाली बजारमा इएलइफोन एस ७, पी ९००० र सी वानलगायत मोडेलका स्मार्टफोन भित्र्याएको छ । यी स्मार्टफोन प्रविधि र बनावटका हिसाबले उत्कृष्ट रहेको कम्पनीले जनाएको छ ।
फोनको प्रमुख विशेषता भनेको १३ मेगापिक्सेल क्यामेरा, ३००० एमएएच ब्याट्री, उच्च गुणस्तरको प्रोसेसर तथा दुई जीबीदेखि चार जीबीको र्याम छ । यसका साथै फोनमा १६ जीबीदेखि ६४ जीबीसम्मको रोम सुविधा छ । कम्पनीले ग्राहकलाई सेटमा एक वर्ष तथा ब्याट्रीमा ६ महिनाको वारेन्टीसमेत प्रदान गर्ने जनाएको छ । यसका साथै कम्पनीले ग्राहकलाई फ्लिप कभर तथा पी ९००० मोडेलसँग अतिरिक्त ब्रान्डेड वायरलेस चार्जर पनि प्रदान गर्नेछ ।