सिद्धार्थ डेभलपमेन्ट बैंकको शाखा लेखनाथमा
काठमाडौं : सिद्धार्थ डेभलपमेन्ट बैंकको ३७ औं शाखा कास्कीको लेखनाथस्थित भण्डारढीकमा खुलेको छ । शाखाको उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी र बैंक सञ्चालक समितिका अध्यक्ष रामबहादुर भण्डारीले संयुक्त रूपमा गरेका थिए ।
कार्यक्रममा बैकका अध्यक्ष त्रिपाठीले नयाँ शाखाबाट सम्पूर्ण आधुनिक बैंकिङ सुविधा प्राप्त गर्न सकिने जानकारी दिए । लेखनाथ उवा संघका अध्यक्ष त्रिपाठीले बैंकले लेखनाथलाई प्राथमिकता दिई शाखा स्थापना गरेकोमा खुसी व्यक्त गरे । शाखामा एटीएम सेवासमेत सुचारु गरिएको छ ।
उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मि श्रले बैंकले आगामी दिनमा देशका विभिन्न स्थानमा शाखा कार्यालय विस्तार गर्दै ग्रामीणमुखी, आधुनिक एवं स्तरीय बैंकिङ सेवा प्रदान गर्दै जाने बताए ।
उनले बैंक तथा वित्तीय संस्थाको संस्थागत सुशासनमा ध्यान पुर्याउने र गाउँ केन्द्रित सेवा विस्तारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । बैंकले एक लाख ५० हजारभन्दा बढी ग्राहकलाई विभिन्न आधुनिक बैंकिङलगायत ई-बैंकिङ, मोबाइल बैंकिङ, एससीटी डेबिट कार्ड, सञ्चयकोष, स्वेच्छिक कोष, उपदान कोषजस्ता बैंकिङ सेवा दिइरहको छ ।