किसानलाई नै बोझ बन्दै अस्ट्रिच

किसानलाई नै बोझ बन्दै अस्ट्रिच

दमक : 'सुरुमा राम्रै आम्दानी हुन्छ भन्ने सुनेँ । नङदेखि मासुसम्म बिक्री हुन्छ भन्ने सुनेपछि खुसीले अस्ट्रिच फार्म खोलेँ तर अहिले यही फार्म बोझ बन्दै गएको छ', झापा धरमपुरका अस्ट्रिचपालक दीपेश रिजालले यसरी गुनासो पोखे । उनको पाथिभरा अस्ट्रिच कृषि फार्ममा अहिले बेच्ने बेलाका अस्ट्रिच छन् । दीपेशका लागि मात्र हैन सबैभन्दा ठूलो प्रजातिको चरा अस्ट्रिच यतिबेला झापाका सबै अस्ट्रिचपालकका लागि चुनौती बन्दै गएको छ।

अस्ट्रिचपालकका लागि सबैभन्दा ठूलो समस्या बजार हो । एउटै अस्ट्रिचको तौल दुई सय केजीभन्दा माथि हुन्छ तर झापामा बिक्रीको अनुपात नगन्य हुनाले अस्ट्रिचपालक समस्यामा पर्दै गएका छन् । यस पंक्षीको जानकार विज्ञ व्यक्ति नहुनु, यसले खाने घाँस उत्पादनका लागि समस्या हुनुजस्ता कारणले अस्ट्रिचपालक चिन्तित बनेका छन् । सानोतीनो समस्या आए पनि जिल्लामा यसबारे जानेको कोही नहुँदा समस्या भएको रिजालको भनाइ छ । बुटवलबाट एक वर्ष अगाडि ५० वटा अस्ट्रिचको चल्ला किनेर ल्याएकोमा अहिलेसम्म १५ वटा मरिसकेको उनले बताए ।

बच्चा खरिद गर्नेलाई बुटवलको फार्मले दुई दिनको तालिम दिए पनि त्यो पर्याप्त नभएको उनको भनाइ छ । खरिद गर्दै आवश्यक औषधि लिएर आउने गरेको उनले बताए । 'बुटवलको फार्मले पनि खरिद गरुन्जेल मात्र हो रहेछ सहयोग गर्ने, त्यसपछि कुनै सहयोग नहुँदा समस्या बढ्दै गएको छ', रिजालले भने ।दमकका अर्का व्यवसायीले त अस्ट्रिचले ठूलै नोक्सान पुर्याएको भन्दै पाल्न नै छोडे । दमक १३ का दिलबहादुर बुढाथोकीले दुई वर्षसम्म पालेर अहिले फार्म नै बन्द गरेका छन् ।

अस्ट्रिचपालकका लागि सबैभन्दा ठूलो समस्या बजार हो । एउटै अस्ट्रिचको तौल दुई सय केजीभन्दा माथि हुन्छ तर झापामा बिक्रीको अनुपात नगन्य छ।

२०७१ सालमा बुटवलबाट ६० वटा बच्चा लिएर आएकोमा २० वटा मात्र बचाउन सकेको उनले बताए । उनी आफैंले ह्याचिङ मेसिनमा राखेर अन्डाबाट चल्ला उत्पादन गरे पनि त्यसलाई बचाउन नसकेको बताए । यसबारे प्राविधिक विशेषज्ञ नहुनु, उत्पादित मासुलाई बेच्ने ठाउँ नहुनु नै मुख्य समस्या रहेको बुढाथोकीको भनाइ छ । 'सानोतीनो समस्या आयो बुटवल जानुपर्ने, मलाई यो व्यवसायले नोक्सानी पुर्यायो', उनले भने । पशु सेवा कार्यालय झापाका वरिष्ठ पशु चिकित्सक डा. माधव दाहालसँग बुझ्दा यस पंक्षीबारे विषय विशेषज्ञ जनशक्ति नरहे पनि पंक्षीकै प्रजाति रहेकाले केही सामान्य सल्लाह भने दिने गरेको बताए । उनका अनुसार अस्ट्रिच मरे त्यसको कारण खोज्न विराटनगरस्थित क्षेत्रीय प्रयोगशालामा परीक्षण गर्न सकिने र यस्ता विषय लिएर कृषक नआएको दाहालको भनाइ छ ।

अस्ट्रिचको मासु झापामा कम खपत हुने व्यवसायीको भनाइ छ । मासु अत्यन्तै राम्रो र स्वास्थ्यका लागि उपयुक्त भए पनि यसको माग स्थानीय स्तरमा नरहेको बुढाथोकीले बताए । आपूmले व्यवसाय सुरु गर्दा नङ, खुट्टा, छाला, प्वाँख, मासु सबै बिक्री हुने भनेको सुने पनि त्यसको बिक्री गर्ने ठाउँ नै नरहेको रिजाल बताउँछन् । नेपालकै सबैभन्दा ठूलो अस्ट्रिच फार्म बुटवलमासमेत अस्ट्रिचको छाला, नङ, प्वाँख वर्षैांदेखि थन्किएको बताउँदै रिजालले यहाँको बिक्री हुन्छ भन्ने आश नरहेको बताए । त्यस्तै अस्ट्रिचपालनका लागि अर्को महत्वपूर्ण विषय यसले खाने बर्षिम घाँस हो । यस प्रकारको घाँस भैरहवाजस्तो झापामा उत्पादन राम्रो नभएको उनीहरुको भनाइ छ।

अस्ट्रिचका लागि बर्षिम घाँसका अलवा बन्दाकोबी, स्थानीय सागसब्जी पनि खुवाउने गरेको रिजालको भनाइ छ । अहिले झापामा अस्ट्रिचको मासु बजारमा प्रतिकेजी १५ सयका दरले बिक्री भइरहेको छ । दमकको मासुपसल मिटमार्टका सञ्चालक तारा भट्टराईका अनुसार दिनमा औषत चार केजी मासु बिक्री हुने गरेको छ । बोनलेस प्रतिकेजी १५ सय, बोनसहितको प्रतिकेजी नौ सय र भुटन मासु प्रतिकेजी पाँच सय रुपैयाँका दरले बिक्री हुने गरेको उनको भनाइ छ । ग्राहकले बढी मात्रामा बोनलेस मासु खोज्ने गरेको उनले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.