आरआर क्याम्पस अगाडि पत्रकारलाई लक्षित गरी पेट्रोल बम प्रहार

आरआर क्याम्पस अगाडि पत्रकारलाई लक्षित गरी पेट्रोल बम प्रहार

काठमाडौंः काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस अगाडि पत्रकारलाई लक्षित गरेर पेट्रोल बम प्रहार भएको छ।

रत्नराज्य लक्ष्मी क्याम्पसमा भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विरोधमा उत्रिएको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका कार्यकर्ताले पत्रकारलाई लक्षित गरेर पेट्रोल बम प्रहार गरेका हुन्।

क्रान्तिकारीका कार्यकर्ताले प्रहार गरेको पेट्रोल बम फोटो पत्रकार क्लबका महासचिवसमेत रहेका अनलाइनखबरका फोटो पत्रकार श्रीधर पौडेल र दी काठमान्डू पोष्टका फोटो पत्रकार केशव थापाको खुट्टामा लागेको थियो। प्रहरी र अखिल क्रान्तिकारीका कार्यकर्ताबीच भएको झडपको फोटो खिचेर बसिरहेका बेला एक्कासी आफूहरुमाथि पेट्रोल बम प्रहार भएको फोटो पत्रकार पौडेलले बताए।

petrol-bam-2

उनका अनुसार अखिल क्रान्तिकारीका एकजना कार्यकर्ताले फोन गरेर विरोध प्रदर्शनमा उत्रिएको अखिल क्रान्तिकारीका कार्यकर्ताहरुको भिडमा नआउन भनेको केहीबेरमै पेट्रोल बम प्रहार भएको हो।

birodh-1

रत्नराज्य लक्ष्मी क्याम्पसमा भइरहेको स्ववियु निर्वाचन माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भने बहिष्कार गरेर त्यसको विरोधमा उत्रिएको छ। प्रहरीको उच्च सुरक्षामा मतदान भइरहेको छ।

राजधानीको रत्नराज्य लक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको क्रममा फोटो खिच्दै गरेका फोटोपत्रकार क्लब नेपालका महासचिब तथा अनलाइनखबरका फोटोपत्रकार श्रीधर पौडेल र क्लबकै सदस्य तथा कान्तिपुर दैनिकका फोटोपत्रकार केशब थापा माथि लक्षित गरि केही अराजक समूहले मंगलबार आर आर क्याम्पस बाहिर पेट्रोल बम प्रहार गरेको घटना प्रति फोटोपत्रकार क्लबले घोर भत्र्सना गरेकेा छ।

’ढुंगा प्रहारको फोटो समाचार माध्यममा प्रकाशित भएपछि उनीहरुले फोटो पत्रकारलाई लक्षित गरेर पेट्रोल बम प्रहार गर्नु जनताको सूचना पाउने अधिकार समेत बन्चित गर्न खोजिएको फोटोपत्रकार क्लबको बुझाइ छ‘ फोटोजर्नालिस्ट क्लबका उपाध्यक्ष तथा प्रबक्ता दिपक गाउँलेले भनेका छन ’पेट्रोब बम प्रहार गर्ने जो कोही भएपनि छानबिन गरी उसलाई कानूनको दायरमा ल्याइ कारबाही गर्न फोटोपत्रकार क्लब सरकार सँग जोडदार माग गर्दछ।चौथो अंगको रुपमा मानिएको संचार श्रेत्रलाई स्वतन्त्र भएर सूचना सम्प्रेशण गर्न पाउने बाताबरण बनाउन पनि सम्बन्धित सबैमा फोटोपत्रकार क्लब आग्रह गर्दछ ।‘


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.