जैविक विविधताको संरक्षण
स्थानीय महिलाको सक्रियतामा घोराही उपमहानगरपालिका वडा नं १ र २ मा अवस्थित चरिङ्गे दहको संरक्षण सम्भव भएको छ। दाङ उपत्यकामा क्षेत्रफल र गहिराइको हिसाबले सबैभन्दा ठूलो यस तालको क्षेत्रफल पाँच हेक्टरभन्दा बढी छ। तालमा विश्वमै दुर्लभ मानिने कालो गरुड देख्न सकिन्छ। तस्बिर: रासस