दुई लाख ७९ हजार लाख इराकी विस्थापित

दुई लाख ७९ हजार लाख इराकी विस्थापित

अमेरिका: उत्तरी इराकको मोसुल सरहमा पछिल्लो समयमा सरकारी सेनाले गरेको सुरक्षा कारबाहीका कारण दुई लाख ७९ हजार इराकी जनता विस्थापित भएका छन्।

राष्ट्रसङ्घका सहायक प्रवक्ता फर्हान हकले सोमबार पत्रकारलाई दिएको जानकारीअनुसार दुई लाख २० हजार इराकी पश्चिमी मोसुलबाट गत फेब्रुअरीदेखि अहिलेसम्म विस्थापित भएका छन्।

पत्रकार सम्मेलनमा उहाँले विस्थापितलाई आफुले सहयोग निरन्तर गरिरहेको बताए। पश्चिमी मोसुलबाट विस्थापितहरुलाई स्वास्थ्य सेवाका लागि अधबा र हमाममा अस्पताल स्थापना गरिएको पनि उनले जानकारी दिए।

दक्षिणी र पूर्बी मोसुलमा रहेका विस्थापित व्यक्तिलका लागि उपचारको लागि चार ओटा ट्रमा सेन्टर स्थापना गरिएको छ भने चार ओटा फिल्ड अस्पताल पनि परिचालन गरिएको छ। इराकी सरकार र इस्लामिक स्टेट (आइएस)को मोसुलमा भीषण लडाइ भइरहेको छ।

इराकका प्रधानमन्त्री हैदर अल अबादील गत फेब्रुअरी १९ देखि अतिबादी लडाकु विरुद्ध घोषणा गरेको थियो।

मोसुलको पश्चिमी क्षेत्रमा साघुरा बाटाहरु र घना बस्ती रहेको छ।जहाँ सात लाख ५० हजारदेखि आठ लाखसम्म जनसङ्ख्या रहेको छ। यो इराकी सेनाका लागि ठुलो चुनौतीका रुपमा रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

इराकको राजधानी बग्दाददेखि ४०० किलोमिटर उत्तरतर्फ पर्ने मोसुल सहर सन् २०१४ को जुनदेखिको नियन्त्रणमा रहेको छ। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.