निर्वाचन अायोगले गृहमन्त्रीलाई सोध्यो, 'किन हेलिकप्टर चढेको?'

निर्वाचन अायोगले गृहमन्त्रीलाई सोध्यो, 'किन हेलिकप्टर चढेको?'

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता पक्षबाट निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन गरेको ध्यानाकर्षण गराएपछि निर्वाचन आयोगले गृहमन्त्रालयसँग स्पष्टीकरण मागेको छ।

सरकार र मन्त्रीहरुबाट निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गरेको भन्दै त्यस्तो कार्य तत्काल रोक्न एमाललेले मंगलबार निर्वाचन आयोगमा पुगेर लिखित ध्यानाकर्षण पत्र दर्ता गराएको थियो।

संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार एमालेले ध्यानाकर्षण बुझाएपछि आयोगले गृहमन्त्रालयसँग स्पष्टीकरण मागेको हो।'हामी अध्ययन गरिरहेका छौ र गृहमन्त्रालयलाई स्पष्टीकरण पत्र पनि पठाएका छौ’आयोगले आफूलाई दिएको जवाफ उघृत गर्दै नेम्वाङले भने।

उपनेता नेम्वाङ,प्रमुख सचेतक भानुभक्त ढकाल,पूर्वमन्त्री अग्नी खरेल,नेता राजन भट्टराई,राजेन्द्र पाण्डेको प्रतिनिधिमण्डलले आयोगमा ध्यानाकर्षण पत्र दर्ता गराएको थियो। उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले कञ्चनपुरको पुनर्वास आनन्दबजार घटनाका पीडितलाई हेलिकोप्टर प्रयोग गरी पार्टीका तर्फबाट राहत चेक दिएको भन्दै एमालेले आपत्ति जनाएको छ।

'सरकारी खर्चमा हेलिकोप्टर चढेर पार्टी काम गर्नु आचारसंहिताको ठाडो उल्लंघन हो'एमालेले भनेको छ। बजेट र नीति तथा कार्यक्रममा नपरेका कार्यक्रममा रकमान्तर गरेर व्यापक रुपमा सरकारले निकासा गरेको आरोप पनि एमालेले लगाएको छ।

म्यादी प्रहरी नियुक्तिलाई वस्तुनिष्ठ र पारदर्शी बनाउन अनुगमन गर्न आयोगसँग एमालेले माग गरेको छ।निर्वाचन आयोगले राष्ट्रपति,उपराष्ट्रपति र प्रधानमन्त्रीले मात्रै आयोगको अनुमतिमा हेलिकोप्टर चढन पाउने व्यवस्था रहेको एमाले नेताहरुलाई जानकारी गराएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.