उपप्रधानमन्त्री कमल थापा र भारतीय राजदूतबीच भेटवार्ता

उपप्रधानमन्त्री  कमल थापा र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं : उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापा र नेपालका लागि भारतीय राजदूत राजदूत मञ्जिव सिंह पुरीबीच भेटवार्ता भएको छ ।

मंगलबार दिउँसो सिंहदबार पुगेर राजदूत पुरीले मन्त्री थापासँग भेटवार्ता गरेका हुन् । भेटमा दुई देशको सम्बन्ध सुमधुर बनाउने विषयमा विचार आदान प्रदान भएको मन्त्री थापाले जानकारी दिएका छन्। भेटपछि मन्त्री थापाले ट्वीटमा भनेका छन्, ‘भारतीय राजदूत महामहिम मञ्जीभ पुरीसँगको शिष्टाचार भेटमा नेपाल भारतबीचको दुई पक्षीय समबन्धबारे विचार आदानप्रदान भयो ।’

शनिबार मात्र भारतीय राजदूतको रुपमा नेपाल आएका पुरीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका हुन् । त्यसपछि पुरी उच्च राजनीतिक भेटवार्तामा सक्रिय छन्। पुरीले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.