अस्ट्रेलियामा भीषण आँधी हजारौ बेघर
![अस्ट्रेलियामा भीषण आँधी हजारौ बेघर](https://annapurnapost.prixacdn.net/media/albums/Cyclone-Debbie-58da8bb00ccc00.88039333_M7EvW7QlVK.jpg)
सिड्नी: अस्ट्रेलियाको क्विन्सल्यान्डमा शक्तिशाली आँधी डेबीले जनजीवन प्रभावित भएको छ। आँधीकै कारण भूस्खलन गएको बताइएको छ । कैयौं इलाकामा विद्युत् आपूर्ति बन्द भएको छ भने टेलिफोन सेवा ठप्प भएको छ।
यसबाट उद्धारकर्मीलाई आफ्नो काम गर्न कठिनाइ भएको छ । उद्धार कार्यमा अवरोध पुगेकाले विस्तृत जानकारी आउन समय लाग्ने त्यहाँको प्रहरीले बताएको छ। आँधीको गति प्रतिघण्टा २६९ किलोमिटर रहेको बताइएको छ।
यसकै कारण करिब ४५ हजार घरमा बिजुली बन्द भएको छ भने सयौं घरमा क्षति पुगेको छ । उद्धारकर्मीले मंगलबार राति अबेरसम्म २५ हजार नागरिकलाई सुरक्षितस्थलमा पुर्याएका छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)