मोसुल अाक्रमणः दैनिक १० नागरिकको मृत्यु, ४९ सय विस्थापित

मोसुल अाक्रमणः दैनिक १० नागरिकको मृत्यु, ४९ सय विस्थापित

जेनेभाः इराकको इस्लामिक स्टेट (आइएस) समूहको पकड क्षेत्र मानिँदै आएको पश्चिमी मोसुलमा इराकी सेनाले गरेको सुरक्षा कारबाहीमा दैनिक १० जना सर्वसाधारण मारिने गरेको संयुक्त राष्ट्रसंघले मंगलबार जनाएको छ । यसैगरी त्यहाँबाट दैनिक ४ हजार ९ सय व्यक्ति विस्थापित हुने गरेका छन् ।

राष्ट्रसंघीय मानवअधिकार कार्यालय इराकस्थित राष्ट्रसंघको सहयोग मिसनले पुष्टि गरेको सूचनाअनुसार फेब्रुअरी १७ देखि मार्च २२ सम्मको अवधिमा सेनाद्वारा गरिएका हवाई आक्रमणमा ३ सय ७ सर्वसाधारणको मृत्यु भएको मानवअधिकार कार्यालयले जनाएको छ । यसबाहेक मार्च २३ देखि २६ सम्म भएका थप कारबाहीमा पश्चिम मोसुल र वरपरका क्षेत्रमा ९९ जनाको मृत्यु भएको खबर प्राप्त भएका छन् ।

पछिल्ला दिनमा कति सर्वसाधारणको भृत्यु भएको थियो भन्ने कुराको स्वतन्त्र पुष्टि भने भइसकेको छैन । राष्ट्रसंघका सहायक प्रवक्ता फर्हान हकले यसै अवधिमा मोसुल सहरमा दुई लाख ७९ हजार इराकी जनता विस्थापित भएको जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा उनले विस्थापितलाई आफूले सहयोग निरन्तर गरिरहेको पनि बताए ।

मोसुलबाट विस्थापितहरूलाई स्वास्थ्य सेवाका लागि अधबा र हमाममा अस्पताल स्थापना गरिएको पनि उनले जानकारी दिए । दक्षिणी र पूर्वी मोसुलमा रहेका विस्थापित व्यक्तिका लागि उपचारका लागि चारओटा ट्रमा सेन्टर स्थापना गरिएको छ भने चारओटा फिल्ड अस्पताल परिचालन गरिएको छ ।

इराकी सेनाले इराकको दोस्रो ठूलो सहर मोसुलबाट जिहादी विद्रोहीलाई हटाउने प्रयास स्वरूप लगातार स्थल तथा हवाई आक्रमण तीव्र पारिएको बताइएको छ । इराक र अमेरिकी रक्षा विभागले गत साता मोसुलमा भएका हवाई आक्रमणमा सर्वसाधारणको मृत्यु भएको भन्ने सूचनाबारे छानबिन सुरु गरेको बताएको छ । राष्ट्रसंघीय मानवअधिकार प्रमुख जैयद राउद अल हुसैनले राष्ट्रसंघले गठबन्धन सेनालाई मृतक संख्याका आधारमा आलोचना नगरेको तर ठूलो संख्यामा सर्वसाधारणको मृत्यु भएको भनी ध्यानाकर्षण गराउन चाहेको बताए ।

इराकी सरकार र इस्लामिक स्टेट (आइएस)को मोसुलमा भीषण लडाइँ भइरहेको छ । इराकका प्रधानमन्त्री हैदर अल अबादीले गत फेब्रुअरी १९ देखि अतिवादी लडाकुविरुद्ध युद्ध घोषणा गरेका थिए । मोसुलको पश्चिमी क्षेत्रमा साँघुरा बाटा र घना बस्ती रहेको छ । त्यहाँ सात लाख ५० हजारदेखि आठ लाखसम्म जनसंख्या रहेको छ । यो इराकी सेनाका लागि ठूलो चुनौतीका रूपमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.