युनिग्लोब कलेजद्वारा रक्तदान कार्यक्रम

युनिग्लोब कलेजद्वारा रक्तदान कार्यक्रम

काठमाडौः युनिग्लोब कलेजले रक्तदान कार्यक्रम आयोजना गरेको छ । कलेजमातहत रहेको युनिग्लोब सेन्टर फर सोसल प्रोग्रामले रक्तदान कार्यक्रमका गरेको हो ।

सोमबार नयाँ बानेश्वरमा आयोजना भएको उक्त रक्तदान कार्यक्रम १ सय ३० पिन्ट रगत संकलन भएको कलेजले जनाएको छ । रगत अभावको समस्यालाई ध्यानमा राखेर कार्यक्रम आयोजना गरिएको हो । पोखरा विश्वविद्यालयबाट मान्यताप्राप्त कलेजले बीबीए, बीबीए-बीआई र एमबीए कक्षा सञ्चालन गरिरहेको छ ।

पढाइमा मात्र नभई विद्यार्थीलाई सामाजिक कार्यमा समेत संलग्न गराउनुपर्छ भन्ने मान्यतासाथ यो कार्यक्रम आयोजना गरेको जनाएको छ । कलेजभित्र सञ्चालनमा आएको युनिग्लोब सेन्टर फर सोसल प्रोग्राम विद्यार्थीकै नेतृत्वमा चलिरहेको संस्था हो । संस्थाले विद्यार्थीका सरोकारका विषयलाई उठान गर्नुका साथै यस्ता किसिमका सामाजिक कार्य गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.