रोड सुरक्षासम्बन्धी कार्यक्रमका लागि टोली श्रीलंकामा

रोड सुरक्षासम्बन्धी कार्यक्रमका लागि टोली श्रीलंकामा

काठमाडौः सडक सुरक्षासम्बन्धी विभिन्न अध्ययनका लागि श्रीलंका पुगेका एमाले सचिव एवं रोड सेफ्टी एलायन्स नेपालका सचिव योगेश भट्टराई नेतृत्वको टोलीले विभिन्न व्यक्तिसँग भेटघाट गर्नुका साथै यसबारे अध्ययन गरिरहेको छ ।

टोलीले अटोमोबाइल एसोसिएसन सिलोनले अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट कार्ने डी पसाज कसरी वितरण गरिरहेको छ र यसको प्रक्रिया र नियम के छन् भन्नेबारे अध्ययन गरिरहेको संस्थाले जनाएको छ । एएसी अटोमोबाइल्ससम्बन्धी अन्तर्राष्ट्रिय संस्था एफआइएको सदस्य हो ।

नेपालको तर्फबाट नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) यसको सदस्य छ । एफआइएमा आबद्ध सदस्यले मात्र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट जारी गर्न सक्छन् । अध्ययन टोलीलाई रोड सेफ्टी तथा डिफेन्सिभ ड्राइभिङका विषयका विज्ञ डा. पी. रथाविराले आधा दिनको प्रशिक्षण दिनुका साथै यसबारे प्रस्तुतीकरणसमेत गरेका थिए । टोलीले श्रीलंका सरकारका यातायात तथा नागरिक उड्डयनमन्त्री अशोक अवेसिंघेसँग भेटघाट गरेको छ ।

सो अवसरमा नेपाल र श्रीलंकाको सडक सुरक्षा, रोड सेफ्टी काउन्सिल, ड्राइभिङ स्कुल, भौतिक पूर्वाधार विकास तथा आपसी सहयोगका विषयमा छलफल भएको छ । उक्त अवसरमा रोड सेफ्टीजस्तो गम्भीर विषयलाई सार्कस्तरीय विषय बनाएर लैजाने तथा सामूहिक पहल गरी यस क्षेत्रको सडक सुरक्षा समस्या समाधान गर्ने विषयमा छलफल भएको संस्थाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.