बौंद्धमा ओमको शाखा सञ्चालनमा
काठमाडौः ओम डेभलपमेन्ट बैंक लिमिटेडले कलंकीमा बौद्ध शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरेका छन् ।
मंगलबार महिला उद्यमशीलताको विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले माइक्रोबस चालक रीता थापा मगरलाई सम्मान गर्दै प्रमुख अतिथि डेपुटी गभर्नरले शाखा उद्घाटन गरेका हुन् । बैंकले हाल ३१ वटा शाखाबाट एक लाख २५ हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
शाखा उद्घाटनका क्रममा बैंकका अध्यक्ष सुशीलकुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बैंकका विभिन्न गतिविधिबारे जानकारी गराउँदै मनास्लु विकास बैंकसँग मर्जरका लागि विशेष साधारणसभाले स्वीकृति पनि दिइसकेको र नेपाल राष्ट्र बैंकसँग संयुक्त कारोबार गर्न अन्तिम स्वीकृतिका लागि निवेदन पेस गर्ने तयारीमा रहेको बताएका छन् । मर्जरपछि बैंकले १०ः३ अनुपातमा हकप्रद सेयर जारी गर्नेछ ।