कांग्रेस नेता हत्याको विरोधमा बजार बन्द

कांग्रेस नेता हत्याको विरोधमा बजार बन्द

जाजरकोट : जाजरकोटका नेपाली कांगे्रसका युवा नेता रविन्द्र शाहका हत्याराको पहिचान गरी कारवाहीको माग गदै स्थानियवासीले खलंगाबजार बन्द गराएका छन् । घटनाको विरोधमा सदरमुकामका सवै पसल बन्द भएका छन् भने यातायात सेवा समेत बन्द गरिएको स्थानीय विश्वविक्रम शाहले बताए । आफन्त र जिल्लावासीले हत्यामा संलग्न तत्काल खोजी गर कारवाहीको माग गरेका छन् ।

शाहको मंगलबार बेलुका हत्या भएको थियो । तल्लो थाप्लेस्थत जिल्ला अस्पताल नजिकै जाजरकोट डोल्पा सडकमा ईभिनिङ्ग वाक गरेर फर्कने क्रममा ८-९ जनाको समुहमा रहेका अपरिचितले ढुङ्गाले हानेर उनको हत्या गरेका थिए । पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष एवं निर्माण ब्यवसायी समेत रहेका

शाहको हत्या कसले किन गर्यो भने अहिलेसम्म खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताए । हत्यामा संलग्न भनिएका ९ जनाको समूहका तीन जना शाहसँगै ईभिनिङ्ग वाक गएको बताइएको छ । । नौ जनालाई नै आवश्यक सोधपुछका लागी नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी प्रमुख रिमालले बताए ।नियन्त्रणमा रुकुम चौरजहारी र खलंगाका युवाहरु रहेका छन् । त्यस मध्य केही निर्माण ब्यवसायी समेत रहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.