अफ्रिकी विद्यार्थीमाथि आक्रमण गर्ने पाँच भारतीय पक्राउ

अफ्रिकी विद्यार्थीमाथि आक्रमण गर्ने पाँच भारतीय पक्राउ

नयाँ दिल्ली : भारतको उत्तरी सहर ग्रेटर नोएडामा अफ्रिकी विद्यार्थीमाथि आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।सोमबार राति नयाँदिल्लीको 'सेटलाइट' सहर भनेर चिनिने ग्रेटर नोएडामा एक भारतीय युवकको लागुऔषधको सेवनबाट भएको मृत्युमा अफ्रिकीहरुको संलग्नता रहेको भनी सामाजिक सञ्जालमा समाचार आएको आधारमा स्थानीयले अफ्रिकी विद्यार्थीमाथि आक्रमण गर्दा कम्तिमा १२ जना घाइते भएका प्रहरीले जनाएको छ ।

घटना रङ्गभेदी र जातीयतालाई प्रोत्साहन गर्ने किसिमको भेटिएपछि प्रहरीले केही युवालाई पक्राउ गरेको उच्च प्रहरी अधिकारी सुजाता सिंहले एएफपीलाई बताईन। आक्रमणमा संलग्न अन्य चार जना फरार रहेकाले उनीहरुको पनि खोजी जारी रहेको उनले बताइन् ।

भारतीय विदेश मन्त्रालयले घटनालाई 'निन्दनीय' भनेको छ । मन्त्रालयले नाइजेरियाली राजदूतलाई आफ्नो मुलुकमा रहेका सबै विदेशी (नाइजेरियाली) नागरिकको सुरक्षार्थ प्रशासन दृढ रहेको आश्वासन दिएको छ । नोएडामा सयौँ अफ्रिकी विद्यार्थीहरु बसोबास गर्दै आएका छन् । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.