विमानस्थलको पत्रकार सम्मेलनमा निधि प्रधानमन्त्रीसँग किन बसेनन् ?

विमानस्थलको पत्रकार सम्मेलनमा निधि प्रधानमन्त्रीसँग किन बसेनन् ?

तस्बिर : रजेन्द्र केसी

काठमाडाै‌ : एक सातालामो अनौपचारिक चीन भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार स्वदेश फर्किएका छन्। प्रधानमन्त्रीको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा तीन उपप्रधानमन्त्री (कमल थापा, बिमलेन्द्र निधि र कृष्णबहादुर महरा)को मर्यादाक्रमको विवाद छताछुल्ल भयो । प्रधानमन्त्रीको स्वागतका लागि कस्तो मर्यादा क्रममा बस्ने भन्ने विषयमा महरा र निधिबीच तानातान नै भयो । थापा भने पहिलो मर्यादाक्रममा चुपचाप उभिएका थिए ।

स्वागतमा देखिएको यो विवाद प्रधानमन्त्री प्रचण्डलाई स्वागत गरेपछि विमानस्थलको अतिविशिष्ट कक्षसम्म आयोजित पत्रकार सम्मेलनमा समेत देखियो । पत्रकार सम्मेलनमा थापा र महरा बसे पनि निधि प्रधानमन्त्रीसँग बसेनन्। प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जानु भन्दा पहिले सत्ता गठबन्धनको प्रमुख दल काँग्रेस सभापति शेरबहादुर देउवाले निधिलाई कार्यवाहक प्रधानमन्त्री बनाउन दबाब दिएका थिए भने निधिले पनि आफू नै कार्यवाहक प्रधानमन्त्री हुनु पर्ने अडान पटक पटक दोहोर्‍याएका थिए। थापाले पनि आफूलाई नै बरिष्ठ उपप्रधानमन्त्रीको दर्जा दिइ कार्यबाहक दिनु पर्ने अडान लिएका थिए।

तीन उपप्रधानमन्त्रीका लागि विमानस्थल प्रशासनले पत्रकार सम्मेलनमा बस्नेका निम्ति उचित कुर्सीको समेत व्यवस्थापन नभएको देखिन्छ । कुर्सीकै अभावमा पत्रकार सममेलनमा पुगेका उपप्रधानमन्त्री महरा छुट्टै साइटमा परराष्ट्रमन्त्री प्रकाश शरण महतसँग बसेको देख्न सकिन्छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.