ओबामाको 'स्वच्छ ऊर्जा योजना' राष्ट्रपति ट्रम्पद्वारा खारेज
एजेन्सी: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामाको समयमा जलवायु परिवर्तन रोक्नको लागि जारी गरिएको 'स्वच्छ ऊर्जा योजना' नीति खारेज गर्ने पत्रमा हस्ताक्षर गरेका छन्। राष्ट्रपति ट्रम्पले भनेका छन्, 'कोइलालाई लिएर विरोध' र रोजगारी सिध्याउने खालको नीति राखेज हुन्छ।'
यो आदेशमार्फत पूर्व राष्ट्रपति ओबामाको कार्यकालमा लागू गरिएको आधा दर्जन नीति खारेज गरिएको छ। यसले जीवश्मबाट बन्ने इन्धनलाई धेरै बढावा दिइनेछ भने वातावरण प्रतिकुल बनाउदै जलवायू परिवरिर्तनमा असर पुग्ने देखिन्छ।
ट्रम्पको यो आदेशलाई अमेरिकी उद्योगी क्षेत्रले भने स्वागत गरेको छ भने पर्यावरण सुरक्षा समूहले चर्को विरोध जनाएको बीबीसीले जनाएको छ।
एन्वायरमेन्ट प्रोटेक्शन एजेन्सीको यो आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले भनेका छन् 'कोइलाको लडाइलाई लिएर सरकारले समस्याको समाधान निकालेको छ। अब अमेरिकी ऊर्जामा लागेको प्रतिबन्ध खुल्ला हुन्छ र सरकारको तर्फबाट कुनै रवकटवक हुने छैन।'
यसअघि चुनावी अभियानको दौरानमा उनले जलवायु परिवर्तनबारे सन् २०१५ को सम्झौताले अमेरिकालाई अलग गरिदिने बताएका थिए।
ट्रम्पको आदेशले के परिवर्तन ल्यायो?
जलवायु परिवर्तनमा राष्ट्रपति ट्रम्पको आँखा पूर्व राष्ट्रपति ओबामाभन्दा बिल्कुलै फरक छ। ओबामाले जलवायु परिवर्तन भइरहेको बेला अमेरिका पनि 'स्वच्छ ऊर्जा योजना'का साथ जानु पर्ने बताएका थिए भने ट्रम्पले आफ्नो कार्यकालमा यसको खारेज गरिदिएका हुन्।
उक्त योजनामा पेरिस सम्झौताको आधारमा अमेरिकाको सबै राज्यमा कार्बनको उत्सर्जन घटाउने उल्लेख थियो।तर रिपब्लिकन पार्टी शासित राज्यमा ओबामाको उक्त योजनालाई मन पारइएकमो थिइएन।
गत वर्ष मात्रै अदालतले ओबामाको उक्त योजनालाई लागू गर्नुको सट्टा रोक लगाउने आदेश दिएको थियो। गत वर्ष मात्रै अदालतले ओबामाको उक्त योजनालाई लागू गर्नुको सट्टा रोक लगाउने आदेश दिएको थियो। ट्रम्प प्रशासनका अनुसार अब यो नीति लागू भएपछि मानिसले कार्बनको क्षेत्रमा काम पाउनेछन्।
प्रशासनले भनेको छ, 'पछिल्लो सरकारले कामदारको काम खोसेको थियो। तर ट्रम्प सरकारले कामको सिर्जना गर्छ र पर्यावरणको भविष्य पनि बचाउँछ।' यस्तै ट्रम्पले एन्वायरमेन्ट प्रोटेक्शन एजेन्सीको बजेट पनि घटाइ दिएको छ। अहिले ट्रम्पले जलवायु परिवर्तनको विरोध गर्ने स्कोट प्युरिटीको एजेन्सीमा नयाँ अध्यक्ष नियुक्त गरेका छन्।
ट्रम्पको आदेशविरुद्ध कडा प्रतिक्रिया
जलवायु परिवर्तनको विरोधमा चर्को विरोध र प्रदर्शन भएको छ।पर्यावरणविद्हरुले ट्रम्पको उक्त निर्णयलाई चर्को विरोध गर्दै प्रदर्शन गरेका छन्।उनीहरुले सडकमा उत्रिएर ट्रम्पको आदेशलाई अदालत मार्फत चुनौती दिने बताएका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार पर्यावरण बचाउन अर्बपति कार्यकर्ता टोम स्ट्यरले भनेका छन्, ' ट्रम्पको आदेश अमेरिकी मूल्यलाई अपमान गर्ने खालको छ। यसले सबै अमेरिकी जनताको स्वास्थ्यमा खतरा ल्याउँछ।'
यस्तै नेचुरल रिसोर्सका वकिल डेविड डोनिजरले भनेका छन्, 'मलाई लाग्छ की ट्रम्पको यो आदेश जलवायु परिवर्तनको बचाउ नभइ मास्ने योजना हो। यसले समग्र विश्वलाई नै स्वास्थ्य र पारिस्थितिक प्रणालीमा ठूलो चुनौती ल्याउनेछ।'