मकै रोप्ने मेसिन (फोटोफिचर)
नुवाकोट : किसानलाई सहजताको लागि नुवाकोटको पुर्वी भेगमा रहेको चौघडामा मेसिनबाट मकै रोपिदै। ‘पुसरो सिडर’ नामको मेसिनबाट नुवाकोटमा पहिलो पटक मकै रोप्न थालिएको छ।
१२ हजार रुपैया मूल्य रहेको सो मेसिन समिट कार्यक्रमले ५० प्रतिशत अनुदानमा उपल्व्ध गराई लिखु गाउँपालिकाको चौघडामा मकै रोप्ने मेसिनको प्रयोग गराएको हो।
सिमिट इन्टरनेशनल सिसा परियोजना कार्यक्रमका फिल्ड अफिसर देव खड्काले किसानको सहजताको लागि मेसिनबाट मकै रोप्ने प्रविधि भित्राएको बताए। नुवाकोटको समथर भूभागमा उपयोगी हुने यो प्रविधिबाट किसानलाई समय र श्रमको बचत हुने फिल्ड अफिसर खड्काले बताए।