रेमिटेन्स बजारमा नयाँ रेमिट टु नेपाल

रेमिटेन्स बजारमा नयाँ रेमिट टु नेपाल

काठमाडौः नेपाली रेमिटेन्स बजारमा सेवा प्रदान गर्न रेमिट टु नेपाल प्रालि नामको अर्को कम्पनी स्थापना भएको छ । ललितपुरको पुल्चोकमा मूख्य कार्यालय रहेको उक्त कम्पनी सेवाग्राहीलाई छिटो, सहुलियत दरमा, सुरक्षित ढंगबाट सेवा प्रदान गर्ने उद्देश्य लिएको छ । यस कम्पनीमा वित्तीय तथा रेमिटेन्सको क्षेत्रमा लामो समयसम्म काम गरेको अनुभव भएको व्यवस्थापन टिमले सेवा प्रदान गरिरहेका छ ।

कम्पनीको व्यवस्थापकीय नेतृत्व बैंक तथा वित्तीय क्षेत्रको विशिष्ट तहमा कार्यानुभव हासिल गरेका चन्द्व भट्टले गरेका छन् । वित्तीय क्षेत्रमा उनीसँग दुई दशकभन्दा बढी समय काम गरेको अनुभव छ । सम्बन्धित क्षेत्रमा लामो समयसम्म काम गरेका कुशल र दक्ष कर्मचारीको अनुभवलाई सदुपयोग गर्दै आफ्ना सेवाग्राहीलाई उच्चस्तरको सेवा प्रदान गर्ने रेमिट टु नेपालका प्रमुख कार्यकारी अधिकृत भट्टले जानकारी दिए ।

स्थापनासँगै रेमिट टु नेपालले आन्तरिक तथा बाह्य विप्रेषण रकम सरल तरिकाले भुक्तानि दिन कमर्सियल बैंक, विकास बैंक, फाइनान्स कम्पनी, सहकारी संस्थाका साथै दुई हजारभन्दा बढी प्राइभेट एजेन्टसँग विप्रेषण भुक्तानि गर्ने सम्झौता गरिसकेको छ । यसैक्रममा बैंकले सेञ्चुरी कमर्सियल बैंक, मेगा बैंक नेपाल, बैंक अफ काठमाडौं, प्राइम कमर्सियल बैंक, माछापुछ्रे बैंकसँग सम्झौता सम्पन्न गरिसकेको छ ।

स्थापनासँगै यो कम्पनीले विदेशबाट पठाएको रकम छिटो, छरितो र सरल ढंगबाट आफन्तले प्राप्त गर्न विभिन्न बैंक, वित्तीय संस्था, सहकारी, ट्राभल एजेन्सी र व्यावसायिक संस्थालाई सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता गरिसकेको कम्पनीले जनाएको छ । त्यसैगरी सात दर्जन सहकारी संस्थालगायत अन्य व्यावसायिक संस्थासँग सम्झौता भइसकेको छ ।

कम्पनीले विदेशका विभिन्न एक्सचेन्ज हाउस (मिडिल इस्ट, मलेसिया) साथै अन्तर्राष्ट्रिय मनी ट्रान्सफरसँग सम्झौता गर्ने छ । साथै सहज ढंगबाट विप्रेषण गर्न नेपालको ७५ वटै जिल्लाका हरेक स्थानमा सेवा सञ्जाल विस्तार गरिसकेको छ । ‘कम्पनीले दैनिक दुई अर्बको हाराहारीमा भित्रिने रेमिटेन्सलाई सदुपयोग गर्न विशेष जनचेतना कार्यक्रमसमेत अभियानकै रूपमा गर्ने योजना रहेको जानकारी गराएको छ ।

‘रेमिटेन्सबाट दैनिक नेपाल भित्रिने ठूलो रकम नेपालीले घरखर्चमै सीमित गर्ने गरेका छन् ।' प्रमुख कार्यकारी अधिकृत भट्टले भने, ‘यो रकम उत्पादनमूलक क्षेत्रमा सदुपयोग गर्न हामी विशेष जनचेतनामूलक कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गर्नेछौं ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.