सितापाइलामा सनराइज बैंकको शाखा

सितापाइलामा सनराइज बैंकको शाखा

काठमाडौंः  सनराइज बैंक लिमिटेडले काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका वडा नम्बर १ सितापाइला चोकमा शाखा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन बुधबार एक कार्यक्रमकाबीच बैंकका अध्यक्ष मोतीलाल दुगड र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको उपस्थितिमा नेपाल राष्ट्र बैंकका बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले गरेका थिए ।

बैंकले नारायणी नेसनल फाइनान्स लिमिटेडलाई प्राप्ती गर्दा शंखमुलमा दोहरिएको शाखाको कारोबार एउटै शाखामा एकीकृत गरी अर्को शाखा सितापाइलामा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । उक्त नयाँ शाखाबाट ग्राहकलाई लकर सेवासमेत उपलब्ध गराइएको छ । हाल सनराइज बैंक लिमिटेडले नेपाल अधिराज्यभर ६८ वटा शाखा र ७६ वटा एटीएमद्वारा ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणगढ र मलेसिया भिएलएन काठमाडौंमा एक्सटेन्सन काउन्टर तथा नेपालका विभिन्न १३ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको छ । यसका साथै निकट भविष्यमा बैंकले खुसिबु, बुधबारे, सुर्खेत, कालिकास्थान, हेटौंडामा शाखा खोल्न लागेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.