एचएच बजाजको नयाँ सोरुम

एचएच बजाजको नयाँ सोरुम

काठमाडौः पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक एचएच बजाजले स्याङ्जाको वालिङमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । एचएच बजाजले आफ्नो सेवालाई थप विस्तार गरी सन्तोषी स्पेयर पार्ट्स नामक नयाँ सोरुम सञ्चालनमा ल्याएको हो ।

एचएच बजाज आफ्ना ग्राहकका लागि उनीहरूले खरिद गरेको सामग्रीको अधिकतम मूल्य भुक्तान गर्न प्रतिबद्ध रहेको जनाएको छ । नयाँ सोरुमले ग्राहकलाई बाइकको स्पेयर पार्ट्स तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले विश्वास लिएको छ ।

यसैको माध्यमबाट एचएचबजाजले आफ्नो बिक्री थप सशक्त बनाउन सहयोग पुग्नेछ । उक्त सोरुम उद्घाटनको क्रममा एचएच बजाजका डिपुटी महाप्रबन्धक योगेन गुरुङले स्याङ्जामा नयाँ सोरुम सञ्चालन भएको घोषणा गर्दा निकै खुसी भएको बताएका छन् । उनले ग्राहकको बढ्दो मागका कारण स्याङ्जामा नयाँ सोरुम स्थापना गरेको बताए । ‘हामी देशभरी रहेका हाम्रा ग्राहकका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्धछौं’, गुरुङले भने । नयाँ सोरुमको शुभारम्भसँगै, सोरुमले ग्राहका लागि आकर्षक पुरस्कार पनि प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.