सिटिजन्स् बैंकको एटीएम विस्तार
काठमाडौः सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ललितपुरको ग्वार्को र महोत्तरीको बर्दिबास शाखाबाट एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकको उल्लेखित एटीएम सेवा विस्तारपछि कुल एटीएमको संख्या ५६ पुगेको छ । बैंकले आफ्नो ५८ वटा शाखा र ९७ वटा शाखारहित आधुनिक बैंकिङ सेवाबाट करिब तीन लाख २७ हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएकोे छ । हाल बैंकको उपत्यका भित्र २९ वटा तथा उपत्यका बाहिर २७ वटा एटीएम सेवा सञ्चालनमा रहेको बैंकले जनाएको छ ।