अमेरिकामा चर्च बस र ट्रक ठोक्किदा १२ जनाको मृत्यु

अमेरिकामा चर्च बस र ट्रक ठोक्किदा  १२ जनाको मृत्यु

होस्टनः अमेरिकाको टेक्सास प्रदेशमा एउटा चर्च बस र ट्रक बुधबार एक आपसमा ठोक्कीदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। दुर्घटनामा केही घाइते भएका छन् ।

स्थानीय समयअनुसार मध्यरातको १२।२० बजे टेक्सासको मध्यभागमा पर्ने सान एण्टोनियोदेखि १२० किलोमिटर पश्चिम तर्फ दुघटना भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । न्यु ब्रुन्फेल्सको फस्र्ट बप्टीस्ट चर्चबाट १४ जना यात्रु बोकेको चर्च बस चालक मात्रै रहेको पिकअप ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।

टेक्सासको सार्वजनिक सुरक्षा विभागका प्रवक्ताले घटनामा परी गंभिर घाइते भएकाहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । मृतकमध्ये ट्रकका चालकको पनि मृत्यु भएको हो की होइन भन्ने स्पष्ट भइसकेको छैन । टेक्सासका गभर्नर ग्रेग अब्बोटीले मृतकप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तप्रति सहानुभूति प्रकट गरेका छन् ।दुःखद् घटनाको बारेमा सार्वजनिक सुरक्षा विभागले अध्ययन अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

दुर्घटनाको ठोस कारण अहिलेसम्म पनि स्पष्ट हुननसकेको स्थानीय अधिकारीहरुले बताएका छन् । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.