ट्रम्प भन्छन्, 'एजेन्डामाथि चोट पुर्याए पार्टीभित्रै लड्नुपर्छ'
काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै पार्टी रिपब्लिकनविरुद्ध लड्नु पर्ने बताएका छन्। बिहीबार माइक्रोब्लग ट्विटरमार्फत ट्विट गर्दै उनले सो कुरा बताएका हुन्।
उनले ट्विटरमा भनेका छन्, 'यदि स्वतन्त्रताले पुरै पार्टीको एजेन्डालाई चोट पुर्याए पार्टीभित्रै लड्न सक्नुपर्छ।'
The Freedom Caucus will hurt the entire Republican agenda if they don't get on the team, & fast. We must fight them, & Dems, in 2018!
— Donald J. Trump (@realDonaldTrump) March 30, 2017
ट्रम्पले यसअघि ६ मुस्लिम राष्ट्रहरु ईरान, लीबीया, सिरिया, सोमालिया, सूडान तथा यमनका नागरिकलाई १० दिन र शरणार्थीलाई १२० दिन अमेरिका प्रवेशमा रोक लगाएका थिए।यसका साथै हालै मात्र पूर्व राष्ट्रपति ओमाबाका 'स्वच्छ ऊर्जा योजना' खारेज गरेका थिए।