कर्मपा लामाद्वारा विवाह

कर्मपा लामाद्वारा विवाह

नयाँ दिल्लीः बौद्ध धर्मावलम्बीका एक अवतारी धर्मगुरुले विवाह गर्नका लागि भिक्षु जीवनको त्याग गरेका छन् । सानैदेखि आफूलाई कर्मा काग्यु सम्प्रदायको कर्मपा लामाको अवतारी मानिन्दै आएका थिन्ले थाए दोर्जेले ३३ वर्षको उमेरमा भिक्षु जीवन त्याग गरेको बुधबार सार्वजनिक भएको छ । उनले भिक्षु जीवन त्यागसँगै विवाह गरेको घोषणा पनि गरेका छन् ।

बुधबार सत्रौं ग्याल्वा कर्मपा थाए दोर्जेको कार्यालयले वेबसाइटमार्फत निजी समारोहबीच उनको विवाह सम्पन्न गरेको घोषणा गरेको हो । भुटानमा जन्म भएकी भारत र युरोपमा बस्दै आएकी ३६ वर्षीया रिन्चेन यान्जोनसँग गत शनिबार विवाह गरेको जनाइएको छ ।

‘विवाह गर्ने मेरो निर्णयले ममाथि मात्रै होइन पूरै वंशका लागि नै सकारात्मक प्रभाव पार्नेछ', दोर्जेले भनेका छन्, ‘यसबाट हामी सबैका लागि सुन्दर र लाभदायी कुरा मिल्नेछ ।' थाए दोर्जे चीनको स्वशासित क्षेत्र तिब्बतमा जन्मिएका हुन् । उनले डेढ वर्षको उमेरदेखि नै आफू कर्मपा लामा भएको बताउँदै आएको जनाइएको छ । सन् १९९४ मा उनी परिवारसहित नेपाल हुँदै भारत पुगेका थिए ।

आफूलाई कर्मा काग्युको शीर्ष अवतारी लामा दाबी गर्ने उनी एक्ला व्यक्ति होइनन् । उर्गेन ट्रिन्ले नामक अर्का लामाले पनि आफू अवतारी लामा भएको बताउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.