म्यादी प्रहरी बन्न लर्को

म्यादी प्रहरी बन्न लर्को

काठमाडौं : ४९ वर्षीय शंकर सुनुवार बिहीबार दिउँसो हस्याङफस्याङ हुँदैं टेकुस्थित काठमाडौं प्रहरी परिसर पुगे । प्रवेशद्धार सामुन्ने रहेको टेन्टबाट फर्म लिएर हतार हतार भर्न थाले । त्यसपछि प्रहरीलाई सोधे, 'लाइन त लामो रहेछ । पालो आउँदैन की क्या हो ।' प्रहरीले पालो आउन सक्ने बताएपछि उनी लाइन लाग्न गए । नेपाल आर्मीका पुर्व जमदार शंकर स्थानिय निर्वाचनका लागि म्यादी प्रहरी मागिएपछि त्यसैको भर्ना फर्म भर्न त्यहाँ पुगेका थिए ।

'त्यत्तिकै बस्नुभन्दा काम पाइन्छ की भनेर आको । सबै लाठैलाठा रहेछन् , नाम निस्किन्न की क्या हो' लाइन लाग्न जानु अघि उनी भन्दै थिए । ७५ हजार म्यादी प्रहरीका लागि आह्वान गरिएको भर्नाको फर्म दर्ता गर्ने बिहीबार अन्तिम दिन थियो । परिसरमा फर्म भर्नेको लाइन अपरान्हसम्म लामो थियो । ७५ हजार म्यादी प्रहरी ५५ दिनका लागि नियुक्त हुनेछन् भने उनीहरुलाई सरकारले प्रहरी जवान सरह तलब दिने छ ।

म्यादी प्रहरीका लागि पुर्व आर्मी, पुर्व पुलिसदेखी बैदेशिक रोजगारीबाट फर्किएका , सामान्य ब्यापार गरेर बसिरहेका, किशान लगायतको आकर्षण देखिएको छ । शंकरसँगैं फर्म भर्न आएका आर्मीका पुर्व सुविदार शुक्रलाल श्रेष्ठ । ४७ वर्षिय शुक्रलाल र शंकरले केही वर्षअघि सरकारी सेवाबाट अवकाश पाएपछि पछिल्लो समय सेक्युरिटी गार्डको काम गर्दै आएका थिए । 'घरमा बस्नमात्र नसकिने रहेछ । समयको उपयोग पनि हुने र पैसा पनि कमाइने' , काठमाडौंमै घर भएका शुक्रलालले भने । त्यसो त शंकरको पनि धापासीमा आफ्नै घर छ । पुलिसकै पुर्व हवल्दार दिपक ढकाल पनि फर्म भरी घर फर्कदै थिए । तीन वर्ष अघि सरकारी सेवाबाट अवकाश पाएका ४१ वर्षिय दिपक पनि पछिल्लो समय सेक्युरिटी काम गर्दै आईरहेका थिए । ' जानेको काम भएकाले आश लाग्यो', ढकालले भने ।

गुल्मिकी शर्मिला परियारले केही वर्षअघि आर्मी बन्ने प्रयास गरिन् तर सफल भइनन् । आर्मी बाबुकी छोरी २३ वर्षिया शर्मिलाले भनिन्, ' अब त जाँगर पनि मर्यो तर पनि खाली बस्नुभन्दा काम गर्न भनेर आएकी ।'डेढ दशकभन्दा पछि हुन लागेको स्थानिय निर्वाचन प्रहरी हुन नसकेकाका लागि छोटो समयका लागि भएपनि प्रहरी बन्ने अवसर हो । यसबाहेक छोटो समयमा हुने आम्दानी पनि राम्रो आकर्षण हो । ' निर्वाचनका बेला म्यादी प्रहरी थिएँ भन्दा पछि यस्तै अन्य काममा पनि काम लाग्ला' , बानेश्वरका प्रदिप विष्ट भन्छन् । बेरोजगारीका लागि यो राम्रो अवसर हो ।

नुवाकोटका २२ वर्षिय गणेश बोहराले नुवाकोट-काठमाडौंमा सिजनल ब्यापार गर्ने भएपनि यतिबेला काम नभएकाले म्यादी प्रहरी बन्ने तयारी गरेका छन् । ' म बेरोजगारी त हैन तर अहिले ब्यापारको काम त्यति छैन', बोहराले भने । खोटाङका २३ वर्षिय देवेन्द्र खड्का , महोत्तरीका २६ वर्षिय रविन्द्र शाह र गोर्खाका २० वर्षिय गोकर्ण कार्की काम गरिरहेपनि आम्दानी राम्रो नभएका कारण म्यादी प्रहरीमा भर्ना हुन चाहेको बताउँछन् । काठमाडौंमा देवेन्द्र र रविन्द्र औषधी पसलमा काम गर्छन् भने गोकर्ण ठमेलस्थित एक होटलमा हेल्पर छन् ।

देवेन्द्रले यस अघि शसस्त्र प्रहरीमा भर्ना हुन प्रयास गरेपनि सफल हुन नसकेका रहेछन् । कीर्तिपुरका रैथाने जित नारायण श्रेष्ठ पेशाले कृषक भएपनि ४५ वर्षको उमेरमा उनलाई म्यादी प्रहरी बन्ने रहर चलेको छ । ' यो अनुभव बटुल्ने अवसर पनि हो । त्यसो त मेरो अहिले अरु काम पनि छैन । उमेरमा एक्लो छोरा भएकाले पुलिसमा जागिर खान पाईएको थिएन ', जित नारायणले भने । बैदेशिक रोजगारीबाट फर्किएका हेटौंडाका २७ वर्षिय विष्णु सन्जेल, २० वर्षिय रामशरण धिताल लगायत पनि खाली समयमा म्यादी प्रहरी बन्ने सुरमा छन् ।

बुधबारसम्म डेढ लाख आवेदन

गत शुक्रबार आह्वान गरिएको म्यादी प्रहरीमा बुधबारसम्म एक लाख ४७ हजारले आवेदन दिएका छन् । प्रहरी प्रधान कार्यलयको मानव स्रोत साधन विभागका डीआईजी केशरी घिमिरेका अनुसार एक लाख २१ हजार पुरुष र २६ हजार महिलाले आवेदन दिएका छन् । 'कतिको आवेदन पर्यो भन्ने शुक्रबार बिहान मात्र थाहा हुने छ ', डीआईजी घिमिरेले भने । बुधबारसम्मको आँकडाअनुसार सबैभन्दा बढी पश्चिमान्चलबाट आवेदन आएको छ, करिब ३७ हजार । त्यसपछि मध्यमान्चल र पुर्वान्चल क्रमश रहेका छन् । आवेदनको अन्तिम दिन बिहीबारसम्म तोकिएको थियो । स्थानिय निर्वाचन बैशाख ३१ गते हुँदै छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.