फेसन डिजाइनरका रोजाइमा सेलिब्रेटी

फेसन डिजाइनरका रोजाइमा सेलिब्रेटी

फेसन डिजाइनर रोजिना श्रेष्ठले धेरै सेलिब्रेटीका लागि पहिरन डिजाइन गरिसकेकी छन् । कमलपोखरीस्थित सिटी सेन्टरमा ६ वर्षदेखि कायरा बुटिक सञ्चालन गर्दै आएकी उनको अनुभवमा पहिलाभन्दा अहिले नेपाली सेलिब्रेटीहरू फेसनप्रति बढी सचेत हुन थालेका छन् । नेपाली सेलिब्रेटीहरू पहिरन छनोट र रुचिमा फरकफरक धारणा राख्छन् । सबैको आआफ्नै विशेषता र पक्ष छन् । उनलाई नायिका श्वेता खड्काको पहिरन रुचि मनपर्छ । श्वेताले सरल प्रकारका पहिरन लगाए पनि सभ्य र सानदार देखिने रोजिनाको भनाइ छ । 'श्वेताले सामान्य पहिरन लगाए पनि उनमा रोयल लुक देखिन्छ', रोजिनाले भनिन् ।

फेसन डिजाइनर रोजिनाका अनुसार नायिका प्रियंका कार्कीलाई 'हट एन्ड बोल्ड' पहिरन सुहाउँछन् । चलचित्र 'ए मेरो हजुर', 'कथा काठमाडौं', 'राधा', 'छक्का पञ्जा २' लगायतका विभिन्न चलचित्रमा पनि ड्रेस डिजाइनरका रूपमा काम गरिसकेकी रोजिनालाई नन्दिता केसी, करिश्मा मानन्धरलगायतका केही नायिकाको फेसन सेन्स मन पर्छ ।

नायिका श्वेता खड्काले सामान्य पहिरन लगाए पनि रोयल लुक देखिन्छ । प्रियंका कार्कीलाई 'हट एन्ड बोल्ड' पहिरन सुहाउँछन्
-रोजिना श्रेष्ठ

अर्का फेसन डिजाइनर सुजन पन्थीले लाजिम्पाटमा लाफ डिजाइन स्थापना गरेको दुई वर्ष भयो । भारतको नयाँदिल्लीस्थित नेसनल कलेज अफ फेसन एन्ड टेक्नोलोजीबाट फेसन डिजाइनिङ र फेसन मर्केन्डाइजिङमा स्नातक गरेका पन्थीलाई भने नायिका प्रियंका कार्कीको फेसन सेन्स मन पर्छ । प्रियंकाले विभिन्न चलचित्र प्रिमियर र अन्य कार्यक्रममा जाँदा लगाएको ड्रेस अपबाट उनी प्रभावित छन् । पन्थीले 'फूलैफूलको मौसम तिमीलाई', 'निर्भय'लगायतका चलचित्रमा फेसन डिजाइनरका रूपमा काम गरिसकेका छन् । नायकमा उनलाई अनुपविक्रम शाहीको क्याजुयल ड्रेसअप मनपर्छ ।

नायिका प्रियंका कार्कीको फेसन सेन्स मनपर्छ । प्रियंकाले विभिन्न चलचित्र प्रिमियर र अन्य कार्यक्रममा जाँदा लगाएको ड्रेस अपबाट प्रभावित छु । -सुजन पन्थी

दर्शकमाझ लोकप्रिय नयाँ पुस्ताकी नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहको फेसन सेन्स मन नपराउने कमै होलान् । मोडलिङ हुँदै रजतपटमा आएकी उनको फेसन सेन्सबाट फेसन डिजाइनर नवीना महर्जन पनि प्रभावित छिन । ६ वर्षदेखि सर्मन एपेरेल बालकुमारीमा डिजाइनरको रूपमा काम गर्दै आएकी नवीना भन्छिन्, 'चलचित्रमा साम्राज्ञीले लगाएको क्याजुयल वेयर मलाई असाध्यै मनपर्छ । सारीले पनि साम्राज्ञीलाई त्यत्तिकै सुहाउँछ ।' नवीनाको विचारमा नायकहरूमा राजेश हमालको व्यक्तित्व जुनसुकै गेटअपमा खुल्छ । त्यसैगरी नयाँ पुस्ताका नायकमा अनमोल केसी 'क्याजुयल वेयर'मा 'योङस्टर लुक' देखिन्छन् ।

न्युरोडमा सृजनी फेसन वेयर सञ्चालन गर्दै आएकी सृजनी तुलाधरलाई अहिलेका सेलिब्रेटीभन्दा पहिलेकै सेलिब्रेटी फेसनप्रति सचेत रहे जस्तो लाग्छ । 'मलाई त चलचित्र सिन्दूरकी मीनाक्षी सेशाधरको फेसन मनपर्छ । अहिले नायिका करिश्मा मानन्धरको फेसन सेन्सबाट प्रभावित छु', उनले भनिन् ।

चलचित्रमा साम्राज्ञीराज्य लक्ष्मी शाहले लगाएको क्याजुयल वेयर मलाई असाध्यै मनपर्छ । सारीले पनि साम्राज्ञीलाई त्यत्तिकै सुहाउँछ । नायकमा राजेश हमालको व्यक्तित्व जुनसुकै गेटअपमा खुल्छ । -नवीना महर्जन

फेसन डिजाइनरको हितमा काम गर्दै आएको संस्था नेपाल फेसन महासंघका अध्यक्ष नवीन लुइँटेलको अनुभवमा दुई तीन वर्षको अन्तरालमा नेपाली सेलिब्रटीमा फेसन सेन्स बढ्दै गएको छ । उनका अनुसार प्रायः सबै मिस नेपाल आफ्नो पहिरनप्रति सचेत देखिएका छन् । त्यसैगरी नायिकाहरूको कुरा गर्दा प्रियंका कार्की र रीमा विश्वकर्माले औपचारिक र अनौपचारिक कार्यक्रममा सहभागी हुँदा कार्यक्रमको प्रकृतिअनुसारको पहिरनमा देखिने गर्छन् ।

प्रियंका र रीमाले आफू जाने कार्यक्रमअनुसार ड्रेस अप मिलाउन फेसन डिजाइनरसँग सल्लाह लिएर पहिरन एवं गरगहना मिलाउने गरेको उनको बुझाइ छ । पूर्वीय र पश्चिमेली पहिरनमा मात्रै नभई उनीहरू सारी, लेहेंगालगायतका 'इथ्निक डिजाइन'मा पनि सुन्दर देखिन्छन् । नायकको कुरा गर्दा जीवन लुइँलेट अलि 'चुजी' लाग्छ उनलाई । त्यसैगरी सौगात मल्ल, अनमोल केसी पनि फेसन कन्सस भएको उनको भनाइ छ ।

नेपाली सेलिबे्रटीमा फेसन सेन्स बढ्दै गएको छ । प्रायः सबै मिस नेपाल आफ्नो पहिरनप्रति सचित देखिएका छन् । प्रियंका कार्की, रीमा विश्वकर्मालगायतका नायिका कार्यक्रमको प्रकृतिअनुसारको पहिरनमा देखिन्छन् । - नवीन लुइँटेल अध्यक्ष, नेपाल फेसन महासंघ

बिर्तामोडकी फेसन डिजाइनर वर्षा श्रेष्ठलाई पनि नायिका प्रियंका कार्कीको ड्रेसअप मनपर्छ । अरूले लगाएका पहिरनभन्दा प्रियंकाले लगाउने पहिरन नौलो र राम्रो लाग्छ । उनले लगाउने परम्परागत पहिरनमा कुर्ती, लेहेंगा, वन पिस, गाउनलगायतका लुगा वर्षालाई मन पर्छ । मिस पूर्वाञ्चल, मिस पूर्वाञ्चल आइकन, मिस मेचीलगायत थुप्रै प्रतियोगितामा ड्रेस डिजाइनरको रूपमा काम गरिसकेकी उनी टेरेसा फेसन बुटिककी सञ्चालिका हुन् । 'पहिलेभन्दा अहिले नेपाली सेलिब्रेटी आफूले लगाउने पहिरनप्रति सचेत देखिन थालेका छन्', उनले भनिन् ।



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.