मीठो खाना कि राम्रो नाना ठिक ?

 मीठो खाना कि राम्रो नाना ठिक ?

यो प्रश्नको उत्तर दिन सहज छैन । जोसुकै व्यक्तिमा दुवै रहर हुन्छ । तर आफ्नो जीवन भोगाइमा मलाई सामान्य सादा खाना र आफूलाई सुहाउँदो सामान्य ढंगको पहिरन मन पर्छ । त्यस्तै खान्छु र लगाउँछु पनि ।
कोकिला ढकाल अध्यक्ष, नेपाल पत्रकार महासंघ, इलाम
पहिले मीठो खान मन पराउथेँ । अहिले रोगले गर्दा त्यता धेरै वास्ता भएन । तैपनि लुगा लगाउनभन्दा खानु नै राम्रो हो । खानाले मान्छेलाई स्वस्थ्य बनाउँछ । स्वस्थ मान्छे सिर्जनशील हुन्छ । तबमात्र नयाँ काम वा उपलब्धि हासिल गर्न सकिन्छ ।
भोला खतिवडाअध्यक्ष, सामुदायिक वन प्राविधिक संघ
खाना र नाना दुवै जीवनका लागि नभई नहुने कुरा हुन् । खाना मीठोभन्दा पनि ताजा र स्वस्थवद्र्धक हुनुपर्छ । नाना पनि मौसमअनुसार र सुहाउने हुनुपर्छ । रोज्नै पर्दा म राम्रो नाना नै रोज्छु तर स्वस्थ खाना पनि छाड्दिनँ ।
अनन्त वाग्ले साहित्यकार
नेपाली खाना सबै मीठो लाग्छ । खाना भन्ने कुरा बनाउनेमा भर पर्छ । तर भोक लाग्दा जस्तो पनि मन पर्छ । अघाएको शरीरले चाहिँ स्वाद खोज्छ । अचेल लगाउने लुगामा पनि मान्छेले राम्रो खोज्छ । लुगा सफा र चिटिक्क परेको हुनुपर्छ । भोकै बसेर राम्रो लगाएर चाहिँ हुँदैन ।
दिनमान गुर्मछान, कथाकार
मलाई मीठो खाना मनपर्छ । मीठो खानाले शरीरलाई स्वस्थ बनाउँछ । शरीर स्वस्थ छ भने लुगा जस्तो लगाए पनि राम्रो देखिन्छ, सुहाउँछ । मानिसलाई आवश्यक कुराहरूमध्ये पहिलो गाँस हो । जतिसक्दो खानामा मेन्टेन गर्न सकियो भने व्यक्तिको सुन्दरता आफैं बढ्दै जाने कुरामा दुई मत रहँदैन ।
सरु काविया, कवि
यो त परिस्थितिमा निर्भर रहन्छ । मीठो खाना भनेको मरमसला हालेको होइन । मीठो खाना भनेको त्यो हो, जसमा प्रयुक्त तŒवको स्वाद हराउँदैन । खानाले पेटलाई आराम दिन्छ, दिमागलाई शीतल बनाउँछ र जिब्रोलाई तेज बनाउछ । लाउने कुरा त्यो राम्रो हो, जसले प्रकृतिस“ग तपाईंको शरीरलाई एकाकार गराउँछ । अर्थात् शरीरलाई वातानुकूलित बनाउने काम लुगाको हो । त्यसपट्टिमात्रै कस्तो कपडा, कुन रङको कपडा, कुन डिजाइन कुन ब्रान्ड भन्ने कुरा आउँछ । सात्विक खाना अनि अरूलाई देख्दा राम्रो लाग्नेभन्दा लगाउदा आफूलाई सजिलो हुने र आनन्द आउने कपडा मेरो रोजाइ हो ।
जनकराज सापकोटा, निबन्धकार
बाँच्नका लागि स्वच्छ खानाको जति आवश्यकता छ, उत्तिनै मानव शरीर ढाक्न पहिरनको पनि आवश्यकता छ । यी दुईको महŒव हुँदाहुँदै खाना साधारण भए हुन्छ । मलाई राम्रो पहिरन चाहिँ एकदम मन पर्छ ।
लाक्पा शेर्पा, गायक
भोक मेटाउने खाना, साँझबिहान चाहिन्छ । लगाउँदा सहज हुने अलिअलि सुहाउने पनि हुनुप¥यो लुगा । यदि नसुहाउने भए पनि सजिलो चाहिँ हुनैपर्छ । जुत्तामा पनि मेरो यही तर्क हो ।
सविता विमली, कवि
लगाउनुभन्दा पहिलो प्राथमिकता खाने हो मेरो लागि । पाए त राम्रो लगाउने, मीठो खाने दुवै मनपर्छ । तर एउटा छान्नै परे चाहिँ मीठो खाने अनिमात्रै लगाउने हो ।
रमन पौडेल, पत्रकार
मीठो खान मनपर्छ । मीठो खाएर स्वस्थ भइयो भने आफूले चाहेजस्तो, शरीर सुहाउँदो कपडा लगाउन पाइन्छ र लगाएको कपडा सुहाउँछ । नखाएर जिंग्रिङ्ग परियो भने राम्रो कपडा लगाए पनि राम्रो देखिँदैन ।
सुमन हुमागाईं,विद्यार्थी
मलाई राम्रो लगाउनभन्दा मीठो खान बढी मनपर्छ । पहिले मलाई माछा, मासुका परिकार असाध्यै मन पथ्र्यो । अहिले चाहिँ भेजिटेरियन आइटम रुचाउँछु । फास्ट फुडमा पिज्जा बढी मन पर्छ । मम, चाउमिन त्यति मन पर्न छाड्यो ।
सुजित मैनाली, अनुसन्धानकर्ता
खाना आफ्नो लागि तर लगाउन अर्काका लागि भएकाले लगाउन मन लाग्छ ।
छेल्हामु शेर्पा, सञ्चारकर्मी
मलाई त राम्रै लगाउन मन पर्छ ।
आङपुला शेर्पा, हलिउड हिरो
मलाई राम्रो लगाउन मनपर्छ । खाना साधारण भोजन नै मनपर्छ ।
वसन्तमान सिंह अधिकारी, नेता
दुनियाँ हेर्न जन्मेका हुन् सबैजना । त्यसैले राम्रो लगाउन मन लाग्छ ।
बीरबहादुर लिम्बू, गायक


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.