सेक्स कमेडीको विपक्षमा तपसी
तेलुगु एवं मलायालमपछि हिन्दी चलचित्रमा आएकी २९ वर्षीया तपसी पन्नु बलिउडमा थोरै चलचित्रमा अभिनय गरे पनि धेरै चर्चा पाउने नायिका मानिन्छिन्।
आधुकालम, भास्तदु ना राजु, मिस्टर पर्फेक्टका साथै बेबी, पिंकजस्ता चलचित्रमा अभिनय गरेकी उनले आफूमा सबै खाले भूमिकामा अभिनय गर्न सक्ने आँट भए पनि सेक्स कमेडी गर्न नसक्ने बताएकी छन् । ‘मेरा लागि सेक्स कमेडी चलचित्र होइन’, उनले भनेकी छन् ।
निर्मात्री बन्ने नीताको रहर
पछिल्लो समय चल्तीकी नायिका नीता ढुंगानाले निर्मात्री हुने रहर व्यक्त गरेकी छन् । चलचित्र क्षेत्रमा लामो समय क्रियाशील भएकै कारण आफूमा आत्मविश्वास बढेको तर्क गर्दै उनले यो क्षेत्र नछाड्ने र केही वर्षपछि चलचित्र निर्माण गर्ने बताएकी हुन् ।
प्रतिक्रिया दिनुहोस !
१