हत्याराको कारवाहीको माग गदै बजार बन्द

हत्याराको कारवाहीको माग गदै बजार बन्द

जाजरकोटः तीन दिन अघि हत्या गरिएका पुर्व विद्यार्थी नेता एवं काँग्रेसका युवा नेता रविन्द्र शाहका हत्यारा पत्ता लगाउन नसकेको भन्दै जाजरकोट बन्द गरिएको छ ।

नेता शाहका हत्यारा पत्ता लगाउन स्थानीय प्रशासनलाई दवाव दिन नेपाल तरुण दलले जिल्ला बन्द गरेको हो । बन्दका कारण यातायात सेवा ठप्प भएको छ भने होटल, पसल, कलकारखाना सबै बन्द भएका छन् ।  बन्दका कारण जाजरकोटबाट बाहिरीने र भित्रने यातायातका साधन चल्न सकेका छैनन् ।

घटना भएको तीन दिन सम्म पनि घटनाबारे यथार्थ सार्वजनिक नगरिएको, अपराधीलाई पक्राउ गर्न नसकेकोले विरोध स्वरुप जिल्ला बन्द गर्न बाध्य भएको नेपाल तरुण दलका जिल्ला सचिव रमेश प्रसाद शर्माले जानकारी दिए । यस अघि गत बुधवार पनि घटनाको विरोध गदै स्तस्फुर्त रुपमा जिल्ला बन्द भएको थियो ।

तल्लो थाप्ले स्थित जिल्ला अस्पताल नजिकै जाजरकोट डोल्पा सडक ईभिनिङ्ग वाक गरेर फर्कने क्रममा ८÷९ जनाको समुहमा रहेका अपरिचित समुहले नेता शाहको मंगलबार बेलुका ढुङ्गाले हानेर हत्या गरेको थियो ।

पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष एवं निर्माण ब्यवसायी समेत रहेका शाहको हत्या कसले किन गर्‍यो अहिले सम्म खुल्न सकेको छैन् । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.