शिक्षा नियमावली छिट्टै पारित हुन्छ : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले शिक्षा ऐन २०७३ बमोजिम नयाँ शिक्षा नियमावली पारित गर्ने तयारी गरेको बताएका छन् । शुक्रबार बिहान बालुवाटारमा नेपाल शिक्षक महासंघको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएको प्रधामन्त्रीको नीजि सचिवालयले जानकारी दिएको छ ।
उनले नयाँ संविधानले स्थानीय तहलाई शिक्षा क्षेत्रमा महत्वपूर्ण अधिकार दिएकाले यसलाई समेत व्यवस्थित गराउने गरी नयाँ शिक्षा ऐन अनुकूलको नियमावली जारी गर्ने तयारी भइरहेको प्रधानमन्त्रीले बताए । आवश्यक छलफल गरेर नियमावली पारितका लागि प्रक्रिया अगाडि बढाउँने जानकारी समेत प्रधानमन्त्री दिएका छन् ।
शिक्षक महासंघको प्रतिनिधि मण्डलले तत्काल शिक्षा नियमाबली पारित गर्नुपर्ने, द्वन्द्वमा निकालिएका शिक्षकको पुर्नबहाली गर्नुपर्ने लगायतका माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।