आहार नपाएपछि बस्तीमा पस्यो चितुवा

आहार नपाएपछि बस्तीमा पस्यो चितुवा

मोरङः मोरङको पथरीशनिश्चरे नगरपालिका ५ भोटेघुम्तीमा जंगलबाट वस्ती छिरेको चितुवाले आक्रमण गरेर थप दुई जनालाई घाइते बनाएको छ ।यो संगै चितुवाको आक्रमणबाट घाइते हुनेको संख्या छ पुगेको छ ।

थरीशनिश्चरे ८ का ३५ वर्षीय बसन्त घिमिरे र पथरीशनिश्चरे ७ का ३४ वर्षीय छन्दे लिम्बूलाई घाइते बनाएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले बताए । उनका अनुसार गाउँमा निस्किएको चितुवा हेर्नलाई भनेर गएका उनीहरुलाई बिहीबार राति आक्रमण गरेको हो ।

बिहीबार बिहान र दिउँसो चितुवाको आक्रमणबाट पथरीशनिश्चरे ५ का २३ वर्षीय पवन ऋषिदेव, ४५ वर्षीय अनिल धिमाल, पथरीशनिश्चरे १ का ३७ वर्षीय विजय खम्बु र अमरदह २ का ४४ वर्षीय धनलाल ऋषिदेव घाइते भएका थिए । पत्रकार समेत रहेका खम्बुलाई समाचार संकलनका क्रममा चितुवाले आक्रमण गरेको थियो । छात्ती, ढाड, अनुहार, पाखुरा, हात लगायतमा चोट लागेका घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

थप दुई जनालाई घाइते बनाएपछि भने चितुवा गायव भएको प्रनि कार्कीले बताए । ‘जंगलबाट बस्ती पसेको चितुवाले पटक पटक आक्रमण गरेर बिहीबार राति सम्ममा ६ जनालाई घाइते बनायो,'उनले भने, ‘त्यसपछि चितुवा नै गायव भयो ।'चितुवा कता गयो भन्ने बारेमा यकिन हुन नसकेको प्रनि कार्कीको भनाइ छ । चितुवाका बारेमा जानकारी लिन र चितुवाको नजिक सर्वसाधारणलाई जान नदिनका लागि परिचालित प्रहरी र वनका कर्मचारीले समेत चितुवा कतातर्फ लाग्यो भन्ने भेउ पाउन सकेनन्।

चितुवा गाउँमा निस्किएको खवर सुन्नसाथ सयौंको संख्यामा भेला भएका स्थानीय बासिन्दाले होहल्ला गर्न थालेपछि थप आक्रोसित भएर चितुवाले निरन्तर रुपमा आक्रमण गरेको वन कार्यालय मंगलबारेका प्रमुख सहायक वन अधिकृत तारणी चौधरीले बताए ।स्थानीयले चितुवा बसेको स्थानलाई लक्षित गरेर ढुँगामुडा समेत गरेका थिए ।

प्रहरीले नजिक जानबाट सबैलाई रोके पनि जवरजस्ती गरेर छेउमा पुग्ने गरेपछि भने चितुवाले आक्रमण गरेको उनको भनाइ छ । मोरङकै राजघाट १ मा गत फागुन ५ गते जंगलबाट निस्किएर चार जनालाई घाइते बनएको चितुवाले नै पथरीशनिश्चरेमा पनि सर्वसाधारणमाथि आक्रमण गरेको हुन सक्ने वन कार्यालयको भनाइ छ।

घटनास्थल वरपर बाख्रा र वन बिरालो मारिएको अवस्थामा फेला परेका छन् । ‘बाख्रो केहीदिन अघि मारिएको जस्तो देखिए पनि वन बिरालो भने बुधबार रातिमात्र मारेको जस्तो देखिन्छ,'चौधरीले भने, ‘बाख्रो र वन विरालो मारिएको घटनाले केही दिनदेखि चितुवा वस्ती आसपासमा घुमिरहेको थियो भन्ने प्रष्ट हुन्छ ।' उनका अनुसार जंगलमा आहारा नपाएपछि आहाराको खोजीमा चितुवा वस्ती पसेको हुन सक्छ । चितुवालाई नियन्त्रणमा लिन प्रकृति संरक्षण कोष र चितवनबाट विशेष टोली झिकाउने काम भइरहेको बेला राति नै चितुवा गायव भएको जानकारी चौधरीले दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.