गैरआवासीय राजदूत लुइटेलले स्पेनी राजालाई ओहदाको प्रमाणपत्र बुझाइन्

गैरआवासीय राजदूत लुइटेलले स्पेनी राजालाई ओहदाको प्रमाणपत्र बुझाइन्

काठमाडौं : स्पेनका लागि गैर आवासीय नेपाली राजदूत अम्बिका लुइटेलले स्पेनी राजा फेलिप छैठौँ समक्ष ओहदाको प्रमाणपत्र बुझाएका छिन् ।

म्याड्रिडस्थित राजदरबारमा आयोजित विशेष समारोहमा लुइटेलले ओहदाको प्रमाणपत्र बुझाएकी हुन्। प्रमाणपत्र बुझाए लगत्तै उनले स्पेनी राजासँग संक्षिप्त भेटवार्ता गरेकी थिइन्।

भेटमा नेपालले स्पेनको म्याड्रिडमा आवासीय दूतावास खोल्ने, उच्चस्तरीय भ्रमण आदान प्रदान बढाउने, व्यापार र पर्यटन क्षेत्रमा सहकार्य बढाउने, अन्र्तराष्ट्रिय मञ्चमा सहकार्य गर्ने लगायतबारे विचार आदान प्रदान भएको थियो। त्यस अवसरमा स्पेनका विदेशमन्त्री अलफोन्सो दसतिस पनि सहभागी थिए।

लुइटेल फ्रान्सका लागि आवासिय राजदूत हुन्। उनको कार्याक्षेत्राधिकार भित्र स्पेन पनि पर्छ। राजदूत लुइटेलले स्पेनी विदेश मन्त्रालयका एसिया डिभिजनका डाइरेक्टरसँग भेटी त्यहाँस्थित प्रवासी नेपालीले भोगिरहेका समस्या र गुनासाबारे छलफल गरेकी छिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.