खानेपानीका मुहानमै पोलिफम ब्याक्टेरीया

खानेपानीका मुहानमै पोलिफम ब्याक्टेरीया

डोटीः पानी शुद्ध हुनको लागि पानीको मुहान नै सफा र शुद्धकरण बिधीबाट संचालन भएको हुनुपर्ने भएपनि डोटी जिल्लामा संचालनमा रहेका अधिकांश पानीका मुहानहरु फोहर रहेका पाइएको छ । फोहरका कारण खानेपानीमा पोलिफम ब्याक्टेरीयाको मात्रा बढी भएको पाइएको छ ।

खानेपानीका मुहान अनुगमन गर्दा अधिकांश मुहानहरु फोहर भएको पाइएको हो । डोटीको सदरमुकाम सिलगढीमा सञ्चालन भइरहेको खानेपानीको मुहानको अनुगमन तथा पानी परीक्षण गर्दा पानीमा पोलिफम ब्याक्टेरीयाको मात्रा धेरै रहेको हो । पोलिफम ब्याक्टेरीया भन्नाले दिसामा पाईने ब्याक्टेरिया हो । खानेपानीको मुहान आसपासमा खुल्ला दिसा गर्ने भएकाले पानीमा पनि सो ब्याक्टेरिया रहेको प्राविधिक कृष्ण चापागाईंले बताए । चापागाईंले भने, ‘फोहरजन्य पानी भएकाले सबैले पानी उमालेर मात्र पिउनु पर्ने हुन्छ ।

'अन्य स्थानमा रहेका मुहानहरुको अनुगमन तथा पानी परिक्षण गर्दा त्यस्तै समस्या देखिएको अनुगमन टोलीले बताएको छ ।डोटीमा जम्मा ६ सय ८५ वटा खानेपानीका योजनाहरु रहेका भएपनि केही योजना भने सञ्चालनमा नभएको पाइएको छ । संचालनमा रहेका योजनाका मुहानहरुमा सरसफाइको कमी रहेको पाईएको छ । ‘पानी शुद्धिकरणमा बिशेष ध्यान दिनुपर्ने स्थानीय विकास अधिकारी कृष्ण प्रसाद गौतमले बताए ।'

‘पानीका मुहान नजिक गरिने खुल्ला दिसाका कारण प्रत्यक्ष रुपमा त्यसले मानवलाई नै असर गर्ने गर्दछ ।'गौतमले भने । ‘खानेपानीमा काम गर्ने निकायले सबै भन्दा पहिला पानीको मुहानको संरक्षणको लागि पहल गर्नुपर्ने देखिन्छ ।', प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद रेग्मीले भने, ‘सबैले अपनत्वको भावना लिएर मुहानको संरक्षण गर्नुपर्ने हुन्छ ।'उनले भने, ‘गर्मी सुरु भएसंगै पानीजन्य रोगहरु लाग्ने सम्भावना बढ्ने भएकाले सबैले सचेर भएर पानी प्रयोग गर्नुपर्ने हुन्छ ।'

‘ग्रामीण क्षेत्रका पानीका मुहानहरु समेत फोहर भएकाले त्यसमा सम्बन्धीत सबैको ध्यान जानु पर्दछ ।', खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ जिल्ला शाखाका अध्यक्ष हस्तबहादुर बुढाले भने, ‘खानेपानीमा देखिने पोलिफम ब्याक्टेरीयाले झाडापखाला निम्त्याउने भएकाले पानीको मुहान सफा तथा पानी शुद्धिकरण गर्नु आबश्यक छ ।'बुढाले भने, ‘जिल्लामा रहेका अधिकांश पानीका मुहानहरु फोहर ग्रस्त भएकाले बिशेषगरी उपभोक्ता तथा समितिले ध्यान दिनुपर्ने देखिन्छ ।'




प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.