पशुपति र बाग्मतीको उत्पत्ति

पशुपति र बाग्मतीको उत्पत्ति

पशुपति : पशुपतिद्वारा समस्त लोक र सबै लोकमा सबै प्राणी उत्पत्ति र विलय भइरहेको छ । जीवात्माहरूलाई मुक्त गर्ने एकमात्र मोचक पशुपति नै हो ।
गंगा : गंगा सदा सेवन गर्नुपर्छ । तिनीले भोग र मोक्ष प्रदान गर्नेछिन् । उत्तम गतिको खोज गर्ने प्राणीहरूका लागि गंगा नै सर्वोत्तम गति हो ।

पशुपति महात्म्यमा उल्लेख भएअनुसार सत्ययुगमा भगवान् ब्रह्माजीलाई जगत् सृष्टि कला र रचना गर्ने इच्छा प्रकट भयो । तर, उहाँमा सृष्टि कला र रचना गर्ने अध्यात्म ज्ञान प्रकट हुन सकेन । जगत् सृष्टि ज्ञान प्राप्तिका लागि ब्रह्माजी शिवपुरी पर्वतमा गएर भगवान् सदा-शिवको अन्तर्आत्मामा निरन्तर ध्यान गर्न लाग्नुभयो । पूर्ण ध्यानस्तको अवस्थामा भगवान् सदा-शिव ब्रह्माजीको अगाडि प्रकट हुनुभयो ।

Image may contain: 1 person, beardब्रह्माजीको जगत् सृष्टि र रचना गर्ने इच्छा देखेर सदा-शिव जोड-जोडसँग हाँस्न लाग्नुभयो । हाँस्दा उहाँको नाभी मण्डलमा रहेको जलको छिटा मुखबाट बाहिर निस्कन गयो । त्यो जल छिटा जमिनमा पर्नासाथ नदीको रूपमा वहन लाग्यो । यस्तो अवस्थामा ब्रह्माजीको आँखा खुल्छ र ध्यान पूर्ण हुन्छ । त्यहीँबाट जगत् सृष्टि र कलाको ज्ञान पनि प्राप्त हुन्छ ।

आफ्नो तपःस्थलको साथ गंगा बगेको र सदा-शिव अगाडि प्रसन्न मुद्रामा उभिएको देख्दा ब्रह्माजी अति प्रसन्न हुनुभयो । यस्तो अवस्थामा तत्काल भगवान् विष्णु आफ्नो गणसहित त्यस स्थानमा पुग्नुभयो । त्यसैगरी सम्पूर्ण ऋषिगण अन्य तपस्वीहरू त्यस स्थानमा पुग्नुभयो । सम्पूर्ण गंगाहरू पनि त्यस स्थानमा आउनुभयो र शिवगंगाको दर्शन गर्नुभयो । त्यस स्थानमा सम्पूर्ण देवता, ऋषिगण, गंगाहरूको अति सुन्दर भेट र मिलन देखेर भगवान् सदा-शिव प्रसन्न हुँदै भन्नुभयो, 'हे गंगे तिम्रो नामकरण शिवगंगा हो, फेरि तिमी मेरो मुखारविन्दबाट उत्पन्न भएको हुँदा तिम्रो नाम बाग्मती भनी विश्वमा प्रख्यात हुनेछौ । तिमी यस स्थानमा ३३ हजार वर्षसम्म रहेर पुनः स्वगंगा हुनेछौ । तिमी मेरो आदि शक्ति भएको कारण देवता, मुनष्य र असुरलाई मुक्ति दिन सक्नेछौ ।' उहाँले आशीर्वाद दिनुभयो । भगवान् सदा-शिव नरसिंह स्वरूपमा यस स्थानमा निवास गर्नुहुन्छ भन्ने विश्वास छ ।

जो मनुष्यले श्रद्धाले बाग्मतीमा स्नान गर्ला, उसका पाप र रोगहरू हरण हुनेछ । त्यो दिन वैशाख १ गते थियो । अहिले पनि प्रत्येक वैशाख १ गते यस स्थानमा ठूलो संख्यामा भक्तहरूले स्नान, पूजा, जप, होम आदि पवित्र कार्य गर्छन् । यस स्थानमा प्रद्युम्न र चन्द्रप्रभाले तपस्या गरेको उल्लेख छ । बूढानीलकण्ठ मन्दिरको उत्तरतर्फ रहेको २७ सय मिटर उचाइमा देखिने पर्वत शिवपुरी हो । यस शिवपुरीमा भगवान् सदा-शिवले तपस्या गर्नुभएकाले त्यहाँ सद्रुद्रेश्वर महादेवको ठूलो ढुंगो छ । यो क्षेत्रमा नेपाली र विदेशीले भ्रमण गर्ने गरेका छन् । शिवपुरीको चुचुरोबाट चारै दिशातिर हिमालयको दर्शन गरिन्छ । हिमालयको दर्शन गर्नाले पाप र रोगहरू नष्ट हुन्छन् भन्ने धार्मिक विश्वास छ । यही क्षेत्रबाट बगेर आएको जल सुन्दरीजल हुँदै काठमाडौंवासीले पिउने पानीका रूपमा रहेको छ ।

यसरी बाग्मतीको उत्पत्ति भएपछि पशुपति क्षेत्रको उत्पति भएको हो । पशुपति परमेश्वरलाई बाग्मतीको जलले स्नान गराइन्छ । अति रुद्र पशुपति (परमेश्वर)लाई हाल बाग्मतीको गंगाजलले स्नान गरिँदैन । बाग्मती गंगामा विविध कारणले प्रदूषण बढ्दै गएको कारण जल नचढेको हो । जो मुनष्यले श्रद्धाले गंगा-गंगा भनेर पुकार गर्दछ, उसको जन्म-जन्मान्तरको पाप र रोगहरू हरण हुन्छ । नेपाल विश्वकै गंगाको देश हो । विश्वका मानवहरू जलको मूल स्रोत हिमालयको दर्शन गर्न आउँछन् र पुण्य प्राप्त गर्छन् । त्यो पावन भूमि र यो महिमा बोकेको बाग्मतीको रक्षा गर्नु हाम्रो प्राकृतिक धर्म हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.