र्इश्वर पोखरेल भन्छन् -मधेसी मोर्चाको दोहोरो चरित्र देखायाे

र्इश्वर  पोखरेल भन्छन् -मधेसी मोर्चाको दोहोरो चरित्र देखायाे

धनकुटाः नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मधेसी मोर्चाले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल धनकुटाले शनिकार किहान आयोजना गरेको पत्रकार सम्मेलनमा कोल्दै महासचिव पोखरेलले मधेसी मोर्चाले बाहिरीरुपमा स्थानीय तह निर्वाचनको बिरोध गरेपनि भित्रि रुपमा तल्लो तहमा चुनावको प्रचार प्रसार गरेर तयारी थालिसकेको उनले बताए ।

त्यस्तै उनले संविधान संसोधन गर्ने कुरा अब औचित्यहिन भएको बताए । उनले भने, ‘संविधान कार्यान्वयनको लागि संसोधन होइन । निर्वाचन आवश्यक छ । संसोधन बेमौसमीको बाजा हो ।'

मधेस केन्द्रित दलले संविधान संशोधनको कुरा उठाएर अस्थिरता सिर्जना गरिरहेका छन् । संसोधन मार्फत हिन्दी भाषालाई कामकाजको भाषा बनाउन खोजिएको उनले आरोप लगाए ।

पहाड र तराईमा छुट्टै राष्ट्रियता छ भन्ने बनाउन खोजेका छन् । त्यसैले संविधान संशोधन नहुने उनको भनाई छ । मधेसमा एमाले मुक्त अभियान चलाउने र निर्वाचनमा एमालेविरुद्ध अपवित्र गठबन्धन गर्ने तयारी गरिरहेको बताउँदै उनले नेकपा एमाले जुनसुकै अपवित्र गठवन्धनको सामना गर्न तयार भएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.