नेपालको विदेश नीति सम्बन्धी एक दिवसीय सम्मेलन सुरु
काठमाडौं : बदलिँदो सन्दर्भमा नेपालको विदेश नीति सम्बन्धमा एक दिवसीय सम्मेलन सुरु भएको छ भएको छ । एसियन इन्स्टिच्युट अफ डिप्लोम्यासी एन्ड इन्टरनेसनल अफेयर्स (एआईडिए) र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आयोजनामा सम्मेलन भएको हो ।
सम्मेलनको उद्घाटन गर्दै पूर्व पराराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपालले छिमेकी देशलाई विश्वासमा राखेर राष्ट्रिय स्वार्थको रक्षा गर्नुपर्ने धारणाा राखे । पूर्व गभर्नर एवम् पूर्व अर्थमन्त्री मधुकरशमशेर राणाले नेपालले विदेश नीतिका प्राथमिकता बदल्नुपर्ने बताए । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालले आफ्नो प्रगतिको लागि छिमेकी देशसँग लेनदेन गर्नुपर्ने जिकिर गरे ।
विभिन्न ६ शीर्षकमा भएको पहिलो छलफल सम्पन्न भइसकेको छ । पहिलो सत्रमा रमेशनाथ पाण्डे, युवराज संग्रौला सुरेन्द्र पाण्डे, निर्मलमणी अधिकारी र दीपक भट्टले समकालीन अन्तर्राष्ट्रिय बन्दोबस्तबारे धारणा राखे ।