खाने पानी देऊ, भोट लेऊ

खाने पानी देऊ, भोट लेऊ

मकवानपु : इन्द्रसरोबर गाउँपालिका-५ फाखेलस्थित उन्यूँघारीका स्थनानीय आकाशमा बादल लाग्ने बित्तिकै खुशी हुन्छन्। तर गत असोजयता गाउँमा पानी नपर्दा घरमा रहेको पानीको घैँटो रित्तै छ।

आकाशे पानीको भरमा खानेपानीको जोह गर्दै आएका याहाँका स्थानीय पानी नपर्दा खानेपानी लिन एक घण्टा उकाली ओराली गर्न बाध्य छन्।

रिया स्याङ्तान बिहान चारै बजे उठेर गाउँबाट एक घण्टा तल वडारटोलमा पुग्छिन्। वडारटोलस्थित कुवाको पानी भाग नपुग्दा उनी आधा गाग्री पानी लिएर समेत घर फर्केकी छिन्। उनीहरुले कुवाको पानी जथाभावी खेर जान नदिन घर नै बनाएर राखेका छन्।

‘कुवालाई घर भित्र ताल्ला चलाएर राख्ने गरिएको छ’, स्याङ्तानले भनिन्, ‘दिनको एक पटक खोलिल्छ, त्यही कुवाको पानीले गाउँभरी पुर्‍याउनुपर्छ ।’

विभिन्न गैह्र सरकारी संस्थाको सहयोगमा निर्माण गरिएको पानी घैँटोमा घरमा छाएको जस्तामा परेको पानी संकलन गरेर स्थानीयले प्रयोग गर्दै आएका थिए। गाउँ नजिक रहेका मुहानहरुमा २०७२ वैशाख १२ को भूकम्पपछि मुल नफुटेपछि घैटोंमा निर्भर उनीहरु पानी नपर्दा थप समस्यामा रहेका छन्। ‘गाउँमा नेतादेखि सरकारी निकायहरुमा पनि गुनासो गरिरहेका छौं’, स्याङ्तानले भनिन्, ‘आश्वासन बाहेक अरु केही पाईएको छैन ।’

उन्यूघारीसँगै ५ नम्बर वडास्थित कोदोखोरियामा पनि समस्या उस्तै छ। घरको घैंटो रित्तिएपछि यहाँका स्थानीय पनि पानी खोज्दै कुवा र खोला धाउन बाध्य छन्। कुवाबाट पानी ओसार्न दिनै बित्ने भएपछि प्रति लिटर एक रुपैयाँ तिरेर समेत पानी खान बाध्य भएको स्थानीय भरत लामाले बताए।

भूकम्प गएको दुई वर्ष बित्न लाग्दा समेत खानेपानीको उचित व्यवस्था हुन नसकेको खानेपानी व्यवस्थापन समितिका अध्यक्ष जीवन लामाले गुनासो गरे। खानेपानी जोह गर्न नसक्दा पाँच नम्बर वडाका तीनसय बढी परिवारको कुवा र खोला चाहार्दै दिन बित्ने गरेको उनले बताए।

स्थानीय निकाय निर्वाचन नजिँकिदै गर्दा गाउँ छिरेका गाउँ र जिल्ला तहका नेताहरुसँग पनि उनीहरुले एउटै स्वरमा खानेपानी माग गरिरहेका छन्। ‘खानेपानीको समस्याबारे गुनासो गर्दा चासो नदिने नेताहरुले हिजो आज सोधीखोजी गर्न थालेका छन्’, खानेपानी व्यवस्थापन समितिका अध्यक्ष लामाले भने, ‘हामीले सबै दलहरुलाई भोट चाहिने भए पानीको ब्यवस्था गरिदेउ भनेका छौं ।’

बिकट क्षेत्रमा रहेका बस्तीहरुमा खानेपानी पुर्या‍‍उन लाखौं रुपैयाँ खर्च गर्नुपर्ने भएकाले सबै क्षेत्रमा भन्ने बित्तिकै खानेपानी पुर्‍याउन नसकेको इन्द्रसरोबर गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख राजकुमार सुवेदीले बताए। पुर्ननिर्माण प्राधिकरणले चार नम्बर वडास्थित राकेश खोलाबाट पानी लिफ्टिङ गर्न १५ लाख र कोदोखोरियामा पाँच लाख रुपैयाँ बजेट सहयोग गरेको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.