म्यादी प्रहरी छनोटका लागि दौडिने क्रममा एक जनाको मृत्यु
मोरङ : वैशाख ३१ गते हुने स्थानीय निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीको छनोट प्रक्रियामा दौडिने क्रममा लडेर एक युवाको मृत्यु भएको छ।
छनोटका लागि दौडिने क्रममा लडेका विराटनगर १६ का २७ वर्षीय तुलसी राजवंशीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
मोरङ प्रहरीका एसपी सन्दीप भण्डारीका अनुसार दौडिने क्रममा लडेका राजवंशीको उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर पुर्याउने बित्तिकै मृत्यु भएको हो।