दक्षिण एशियामा महिला प्रतिनिधित्व गर्ने सांसदमा नेपाल पहिलो स्थानमा

दक्षिण एशियामा  महिला  प्रतिनिधित्व गर्ने सांसदमा नेपाल पहिलो स्थानमा


काठमाडौं : दक्षिण एशियामा व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने महिलाहरुको संख्यामा नेपाल पहिलो स्थानमा देखिएको छ । इन्टर पार्लियामेन्टरी युनियन सार्वजनिक गरेको तथ्याङकमा संसदमा प्रतिनिधित्व गर्ने महिलाहरु नेपालमा उच्च तहमा रहेको पाइएको हो ।


यूनियनको प्रतिवेदन अनुसार अफगानिस्तान दोस्रो स्थानमा,पाकिस्तान तेस्रो स्थानमा,बंगलादेश चौथो स्थानमा,भारत पाँचौ स्थानमा,भुटान छैठौ स्थानमा,माल्दिभ्स सातौ स्थानमा र श्रीलंका आठौ स्थानमा रहेका छन ।


विश्वव्यापी रुपमा अध्ययन गरिएका एक सय ९० मुलुक मध्ये नेपालको स्थान ४८ औ स्थानमा,अफगानिस्तानको स्थान ५४ औ स्थानमा,बंगलादेश ९१ औ स्थानमा,भारत एक सय ४८ औ स्थानमा,भुटान एक सय ७० औ स्थानमा,माल्दिभ्स एक सय ७९ औ स्थानमा र श्रीलंका १८० औ स्थानमा रहेको वमन इन पोलिटिक्स इन २०१७ म्यापको प्रतिवेदनमा उल्लेख छ ।

बंगलादेशमा प्रधानमन्त्री,सभामुख र प्रमुख प्रतिपक्षी दलको नेता महिला छन । बंगलादेशमा २७ बर्षदेखि महिलाहरुले सरकारको नेतृत्व गर्दै आएका छन ।
नेपालमा पनि राष्ट्रपति,सभामुख,प्रधानन्यायधिश महिला छन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.