वन अतिक्रमण गरी पशु बधशाला

वन अतिक्रमण गरी पशु बधशाला

बर्दियाः बर्दियाको मधुवन नगरपालिकास्थित महिला जागृति सामुदायिक वनको जग्गा अतिक्रमण गरी पशु बधशाला सञ्चालन गरिएको छ । सामुदायिक वनका केही व्यक्तिको मिलेमतोमा सामुदायिक वनको जग्गा भाडामा दिने भन्दै मानव बस्तीनजिकको सामुदायिक वनको जग्गा अतिक्रमण गरी बधशाला सञ्चालन गरिएको हो ।

बधशाला सञ्चालनमा आएपछि वनक्षेत्रमा भौतिक संरचना निर्माण गरिएको छ । कतिपय उपभोक्ताले विरोध गर्दागर्दै सामुदायिक वनका केही टाठाबाठा व्यक्तिको मिलेमतोमा व्यापारीलाई जग्गा भाडामा दिएपछि वन अतिक्रमण गर्दै भौतिक संरचना निर्माण भएको स्थानीय रामप्रसाद कँडेलले बताए ।

स्थानीय राजनीतिक दललगायत नगरपालिकाको समेत मिलेमतो भएकाले उनीहरू त्यस क्षेत्रबाट बधशाला हटाउन चाहँदैनन् । ‘हामीले पटकपटक सामुदायिक वनबाट बधशाला हटाउन अनुरोध गर्‍यौं तर कुनै सुनुवाइ भएन', कँडेलले भने, ‘सामुदायिक वनमा भवन निर्माण भएसँगै वनको जग्गा अतिक्रमण भएको हो ।' बधशाला तत्काल हटाउनुपर्ने र अटेर गरे आफूहरू आन्दोलनमा समेत उत्रिने उनले बताए ।

सामुदायिक वनको जग्गा अतिक्रमण गर्दै सञ्चालनमा ल्याइएको बधशाला अव्यवस्थित भएपछि वातावरणीय क्षेत्रमा समेत त्यसले असर पुर्‍याएको छ । बर्दियामा खोलिएका अव्यवस्थित बधशालाबाट निस्किने फोहोरले स्थानीयले सास्ती भोग्नुपरेको छ । नियमनकारी निकायले वधशाला सञ्चालकबाट विभिन्न बहानामा मोटो रकम असुल्ने तर व्यवस्थापनतर्फ ध्यान नदिने परिपाटीले पनि सञ्चालकको मनोबल उच्च भएको स्थानीयको आरोप छ ।

बधशाला अव्यवस्थित भएपछि वातावरणीय क्षेत्रमा समेत असर पुगेको छ । बर्दियामा खोलिएका अव्यवस्थित बधशालाबाट निस्किने फोहोरले स्थानीयले सास्ती भोग्नुपरेको छ ।


सामुदायिक वनमा सञ्चालित बधशालाले वातावरण दूषित बनाएको मधुवन नगरपालिका ६ पशुपति टोल मधुवन बजार निवासी कुसुम्बा खानेपानी तथा सरसफाइ समितिका सदस्य इन्द्र शाहीको भनाइ छ । ‘वरपर फ्याँकिएको हड्डी, मासु, रगतलगायत फोहोरबाट दुर्गन्ध फैलिएको छ', उनले भने ।

व्यवसायीबाट नगरपालिकाले प्रत्येक वर्ष १२ हजार रुपैयाँ कर असुली गरे पनि फोहोर व्यवस्थापन एवं जनस्वास्थ्यप्रति बेवास्ता गरिएको उनले बताए । वन नियमावलीअनुसार वन क्षेत्रमा यसरी भौतिक संरचना निर्माण गरी व्यवसाय गर्न पाइँदैन ।

वनक्षेत्रमा निजी व्यवसाय सञ्चालन गर्नु कानुनविपरीत कार्य भएको जिल्ला वन कार्यालय बर्दियाका प्रमुख बलिराम पण्डितले बताए । ‘सामुदायिक वनको जग्गा निजी व्यवसायीलाई खाली गराउन जिल्ला वन कार्यालयबाट पत्राचारसमेत गरिसकेका छौं', उनले भन, ‘निजी व्यवसायीले नगरपालिका वा व्यक्तिको जग्गा भाडामा लिएर गर्दा भइहाल्थ्यो ।'

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.