८० वर्ष पुगेपछि बैंकिङ कारोबार

८० वर्ष पुगेपछि बैंकिङ कारोबार

तानसेन : ८० वर्षको भएँ । घरधन्दामै जीवन बिताएँ । बैंकले दिएको कागजको चिटमा (चेक) नाम र पैसा लेखेर दिएँ । बैंकमा काम गर्ने बाबुले सोधे कति पैसा हो बुवा । मैले औला भाच्दै भने आठ हजार । बैंकका बाबुले हजार हजारका आठ वटा नोट दिए । यसपालि सजिलो भयो । पैसा लिन लाइन लाग्न परेन ।

तानसेन नगरपालिका वडा नं. ३ का ८० वर्षीय बृद्ध जितबहादुरले आलेले आफ्ना साथीसँग यस्तै गन्थन गर्दै थिए । सदरमुकाम तानसेनमा बसोबास भए पनि आले बंैकप्रति त्यति चासो राख्दैनथे तर केही महिनादेखि आले बैंकको नियमित ग्राहक भएका छन् । बैंकमा आलेले कहिलेकाँही आफूसँग भएको रकम जम्मा गर्न थालेका छन् ।

आलेजस्तै करिब एक हजार आठ सय व्यक्तिले अहिले कृषि विकास बैंक पाल्पासँग सम्बन्ध जोडेका छन् । तानसेन नगरपालिकाले २०७३ साउनदेखि अनिवार्य रूपमा बैंकमा खाता खोली चेकबाट मात्र सामाजिक सुरक्षा भत्ता दिने नियम लागू गरेपछि तानसेन नगरपालिकाका ज्येष्ठ नागरिकको बैंकमा पहुँच पुगेको हो ।

बैंकमा खाता खोली रकम वितरण गर्दा ज्येष्ठ नागरिकको केही रकम बचत भएको छ भने केही कतैबाट आएको रकमसमेत बैंकमा जम्मा गर्ने बानी बसेको छ । तानसेन नगरपालिकाकी केशकुमारी श्रेष्ठले भनिन्, 'गोजीमा पैसा भएपछि मासिन्छ, बैंकमा भए जोगिन्छ । चाहिदा मात्र झिके भयो । पैसा चाहियो भने छोरालाई चेक दिन्छु, छोराले ल्याइदिन्छ ।'

विभिन्न जिल्लामा सामाजिक सुरक्षा रकम दुरुपयोग बढ्न थालेपछि सरकारले बैंक अभियानलाई तीव्रता दिइएको छ । सामाजिक सुरक्षा रकम बैंकबाट कारोबार गर्दा रकम दुरुपयोग नहुने, आम्दानी खर्च पारदर्शी हुने, ज्येष्ठ नागरिक, एकल महिला, दलित, अपांग, तथा बालबालिकाका लागि सहज भएको छ । वृद्धवृद्धालेजम्मा गरेको रकमबाट बैंकलाई केही मात्रामा भए पनि लगानी गर्ने अवसर मिलेको छ । तानसेन नगरपालिकाभित्रका ११ सय १५ जना जेष्ठ नागरिक, ९० जना एकल महिला, चार सय ६० जना विधवा, ३९ जना आशिंक अपांग, २५ जना पूर्ण अपांग, एक ४० जना दलित बालबालिकाले सामाजिक सुरक्षा सुविधा पाउँदै आएका छन् ।

तानसेन नगरपालिकाले सामाजिक सुरक्षा भत्ताका लागि एक करोड दुई लाख रुपैयाँ कृषि विकास बैंकमा जम्मा गरेको छ । सामाजिक सुरक्षा रकम बैंकमा जम्मा हुन थालेपछि बैंकलाई पनि केही फाइदा भएको छ, ग्राहक संख्या थपिएका छन्, केही रकम लगानी गर्न पाएको कृषि विकास बैंक पाल्पाका प्रमुख मोहनकुमार थापाले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.