गर्मी बढेसँगै खानेपानीको समस्या

गर्मी बढेसँगै खानेपानीको समस्या

बैतडीः गर्मीयाम सुरु भएसँगै बैतडीमा खानेपानीको समस्या बढ्दै गएको छ । जिल्लाको तल्लोस्वराडमा पर्ने मेलौली नगरपालिका–२ सलेना–६ मेलौलीमालगायतका क्षेत्रमा खानेपानीको समस्या भएको हो ।

मुहानको पानी घट्दै जान थालेपछि खानेपानीको समस्या भएको स्थानीय मधु भट्टले बताए । पुरानो खानेपानी आयोजना मर्मत सम्भार नहुँदा र जनसङ्ख्या वृद्धि हुँदा समस्या भएको छ उनले भन्नुभयो 'खानेपानी नहुँदा पानीकै लागि एक घन्टा टाढा जानुपर्ने भएको छ' खानेपानीका लागि टाढा जानुपर्छ त्यो पनि खोलाको दूषित पानी पिउनुपर्ने बाध्यता रहेको समेत उनले बताए ।

दशरथचन्द नगरपालिकाको ग्वाल्लेक मुहान करिब ११ किमी टाढाबाट तीन दशकअघि बनाएको खानेपानी आयोजना जीर्ण बन्दा समस्या खानेपानीको समस्या भएको हो । मेलौली बजारमा खानेपानीको समस्या भएपछि जिप, घोडा खच्चरमा पानी बोकाउनुपर्ने बाध्यता रहेको स्थानीय सुरत पार्कीले बताए । उनले भने- नजिक खानेपानीको मुहान नहुँदा टाढाबाट बोकाउनुपर्ने भएको छ' विशेष गरेर होटल सञ्चालकलाई खानेपानीको समस्या हुने गरेको छ ।

दशरथचन्द नगरपालिकाको ग्वाल्लेक मुहान करिब ११ किमी टाढाबाट मेलौलीमा खानेपानी लगेको भए पनि बेलाबेलामा मर्मत सम्भार नहुँदा समस्या हुने गरेको छ । यस्तै मेलौलीकै–२ सलेनामा खानेपानीको चरम समस्या भएको छ । सुक्खायाम सुरु भएसँगै आफूहरुले पानीका लागि एक घन्टाको पैदल दूरीबाट पानी ल्याउनुपरेको सलेना इन्दिरा चन्दले बताए ।

अहिले खानेपानीका लागि एक घन्टाको दूरीमा रहेको कुवाबाट पानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय दीपा जोशीले जानकारी दिए । उनले भने-'गाउँका कुवामा समेत पानी सुकेपछि खानेपानीको समस्या भएको छ' पानीको अभावमा शौचालय प्रयोग गर्न समेत समस्या भएको सलेना स्वास्थ्यचौकीका इन्चार्ज नारायण चन्दले बताए । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.