उपत्यकामै लुकेको लालिगुराँस जंगल
काठमाडौंः धुवाधुलो र प्रदुसणले आकुल बनेका उपत्यकावासी डेड घण्डा दुरीमा पुगेर लालिगुराँस र भर्जिन प्रकृतिसँग रमाउने गर्छन ।
काठमाडौ देखि ४० किलोमीटर ललितपुर कोन्जेसुम गाउँपालिकाको मनिखेल र चौघरे जंगल राताम्य छ । जंगलै फुलेका लालिगुराँस हेर्न पुगेका पर्यटक गुराँससँग सेल्फी खिच्नै व्यस्त देखिन्छन् ।
काठमाडौ देखि ललितपुर चापागाउँ हुदै करिव डेड घण्टाको गाडीको यात्रापछि यहाँ पुगिन्छ तर उपत्यकाकै कर्णाली भनेर चिचिने यस क्षेत्र प्रचारप्रसारको अभावले ओझेलमा परेको छ ।
यस क्षेत्रमा पुगेका पर्यटक खुसीले गदगद हुदै गुराँसमै टासिन्छन, सुम्सुम्याउछन, टिप्छन र खान्छन अनि फोटो खिच्न तम्सिन्छन् । आहा गुराँसको खानीनै रहेछ भन्दै खुसीले आत्तिन्छन् ।
मनै लोभ्याउने लालिगुराँस मात्र नभएर यस क्षेत्रको प्राकृतिक दृश्य र जातीय रहनसहन पनि उत्तीकै महत्वपुर्ण छ । स्थानीययुवा निरन्जन घिमिरेले प्रचारमा ल्याउन सके सस्तो छोटो दुरीमा पर्यटकको मन लोभ्याउन सकिने भन्दै सबैले सहयोग गर्न माग गरे ।