तालिममा मृत्यु भएपछि म्यादी प्रहरी भर्नामा स्वास्थ्य परीक्षण कडाई

तालिममा मृत्यु भएपछि म्यादी प्रहरी भर्नामा  स्वास्थ्य परीक्षण कडाई

परासी : म्यादी प्रहरी छनोट गर्ने क्रममा विभिन्न जिल्लामा युवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय नवलपरासीले स्वास्थ्य परीक्षणलाई कडाईका साथ पहिलो प्राथमिकता राखेर छनोट कार्य अघि बढाएको छ।

शारीरिक व्यायामका क्रममा मानवीय दुर्घटना हुने भएकाले उच्च रक्तचाप र दीर्घ रोगी भएकालाई पहिलो चरणको स्वास्थ्य परीक्षणबाटै अयोग्य ठहर गरिएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए।

शुक्रबार र शनिबार भएको स्वास्थ्य परीक्षणका क्रममा ब्लड प्रेसर बढी देखिएका १५ युवाहरु प्रकृयाबाट बाहिरिएको प्रहरी उपरीक्षक चौधरीले बताए। आवेदन दिएकामध्ये दुई सय युवाहरु अनुपस्थित भएका छन्।

म्यादी प्रहरीका लागि जिल्लामा तीन हजार चार सय ५९ जनाको आवेदन दर्ता भएको छ। तिमध्ये चार सय ७ महिलामा छन्। छनोट कार्यक्रम अनुसार सोमबार लिखित परीक्षा र मंगलबार अन्तरवार्ता राखिएको छ। छनोट भएकाहरु स्थानीय निर्वाचनका लागि बाहिरी जिल्लामा पनि पठाउन सकिने प्रहरी उपरीक्षक चौधरीले जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.