३० हजार घुससहित नापी कार्यालय धनुषाका अमिन पक्राउ
जनकपुरधाम : ३० हजार घुससहित धनुषाको नापी कार्यालयका अमिन पक्राउ परेका छन्। नापी कार्यालय धनुषाका अमिन कृष्ण जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले आइतबार कार्यालयमै ३० हजार घुसहित रंगेहात पक्राउ गरेको हो।
अख्तियारको कार्यालय बर्दिबासका एसपी राजकुमार लम्सालको टोलीले जोशीलाई पक्राउ गरेको हो। अमिन जोशीले एक सेवाग्राहीसंग जग्गाको कित्ताकाट र नामसारी छिटो गराई दिने भन्दै ३० हजार घुस लिएको बेला उनलाई पक्राउ गरिएको एसपी लम्सालले बताएका छन्।