चुनाव लड्न राजीनामा दिँदै शिक्षक

चुनाव लड्न राजीनामा दिँदै शिक्षक

जाजरकोट: आसन्न चुनाव नजिकिँदै गर्दा यहाँका नेता शिक्षकले राजीनामा दिन थालेका छन् । केही शिक्षकले टिकट पक्का भएपछि राजीनामा दिने बताउँदै आएका छन् । जिल्ला शिक्षा कार्यालय जाजरकोटले दिएको जानकारीअनुसार नेकपा (एमाले) निकटका चार शिक्षकले राजीनामा दिइसकेका छन् ।

एमाले जिल्ला कमिटीका सचिव प्रेमप्रसाद घर्तीले राजीनामा दिएका छन्। उनी वीरेन्द्र ऐश्वर्य उच्च मावि लिम्सामा कार्यरत थिए। यस्तै, एमाले निकटकै जनता प्रावि पोख्रामा कार्यरत कैशिलावती खत्री, इन्द्रज्योति मावि थालारैकरका शिक्षक नरेन्द्र शाही र जनशक्ति आधारभूत विद्यालयका रामबहादुर केसीले राजीनामा दिएका छन्।

जिल्ला शिक्षा कार्यालयले दलका सदस्य भएका शिक्षकको नामावली कार्यालयलाई उपलब्ध गराउन जिल्लाका राजनीतिक दललाई पत्र लेखेलगत्तै यी शिक्षकको राजीनामा आएको छ । अन्य कुनै दलले पनि अहिलेसम्म शिक्षक दलका सदस्य भएको पत्र जिल्ला शिक्षा कार्यालयलाई उपलब्ध गराएको छैनन् । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.