पदका लागि हानथाप गरेर देश बन्दैनः ओली

पदका लागि हानथाप गरेर देश बन्दैनः ओली

काभ्रे: नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले मात्र मुलुक समृद्ध बनाउन सक्ने बताएका छन्। काभ्रेको बनेपामा नवनिर्मित एमाले नगर पार्टी कार्यालय भवन पार्टीका तर्फबाट नगर कमिटीलाई हस्तान्तरण गर्दै अाेलीले देश विकासका लागि एमालेको आवश्यकता रहेको बताए।

'एमालेलाई कुनै पद होइन देश बनाउने जिम्मेवारी दिनुपर्छ,'अाेलीले भने,'हामीले पदकै लागि हानथाप गर्ने हो भने देश कहिल्यै पनि बन्दैन।'समृद्ध नेपालको सम्भावना पत्ता लगाएर त्यसबाट रोजगारीको अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले सम्भावनाको खोजी नगरी वैदेशिक रोजगारीलाई बढावा दिएमा देश विखण्डन हुनसक्ने विचार व्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका सांसदहरु गोकुल बाँस्कोटा, विदुर सापकोटा तथा टोपबहादुर तामाङले स्थानीय तहको निर्वाचनमा एमालेलाई नै अत्यधिक मतले जिताउनुपर्ने बताएका थिए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.