नयाँ आइजीपी चयन गर्न प्रधानमन्त्री र देउवाबीच गोप्य वार्ता

नयाँ आइजीपी चयन गर्न प्रधानमन्त्री र देउवाबीच गोप्य वार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री प्रचण्डको सरकारी निवास बालुवाटारमा आइतवार अपरान्ह दुई नेताबीच भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

सर्वोच्च अदालतले सरकारद्वारा नियुक्त गरेका प्रहरी महानिरीक्षक जयबहादुर चन्दको नियुक्ति बदर गरेपछि उत्पन्न परिस्थितिका बारेमा दुई नेताबीच छलफल भएको स्रोतले जनाएको छ। उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापाको मर्यादा विवाद समाधान गर्ने उपायका बारेमा पनि दुई नेताबीच छलफल भएको छ।

स्रोतका अनुसार डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसहितका दलहरुले दलीय हैसियतमा चुनाव चिन्ह पाउन गरेको आन्दोलन र त्यसका लागि स्थानीय तह निर्वाचन ऐन संशोधनका बिषयमा छलफल भएपनि निर्वाचन आयोगसँगको परामर्शमा सो विवादलाई टुंगो लगाउनु पर्नेमा दुई नेता सहमत भएका छन्।

मधेशकन्द्रित दललाई निर्वाचनमा सहभागी गराउने उपाय,संविधान संशोधन लगायतका बिषयमा दुई नेता वीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । कार्यदलले गरिरहेको गृहकार्यलाई छिटो निष्कर्षमा पुरयाएर मुलुकलाई निर्वाचनमा लैजानु पर्नेमा दुवै नेताले जोड दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.